३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

एउटै गाउँका २५ महिलामा पाठेघरको क्यान्सर

जाजरकोट — नलगाड नगरपालिका–६ भारगाउँमा २६ जना पाठेघरको क्यान्सरका बिरामी फेला परेका छन् । छिताराम स्मृति प्रतिष्ठान र नलगाड नगरपालिकाले संयुक्त आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा मुखमा क्यान्सर भएका बिरामी फेला परेका हुन् ।

एउटै गाउँका २५ महिलामा पाठेघरको क्यान्सर

पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएका १४ वर्षदेखि ५५ वर्ष उमेर समूहका १ सय १५ जनामध्ये भारगाउँका २५ महिलामा पाठेघरको मुखमा क्यान्सर देखा परेको भरतपुर क्यान्सर अस्पतालका डा. माधव विश्वकर्माले बताए । उनका अनुसार त्यसमध्ये पहिलो चरणका १६ जना, दोस्रो चरणका ४ जना र उपचार गर्न ढिलाइ भइसकेका ५ जना थिए ।

सानै उमेरमा विवाह र सन्तान जन्माउने, चिकित्सकको सल्लाहबिनै गर्भपतनका औषधिको प्रयोग, यौनांगको सरसफाइको कमी, कुपोषणलगायतका कारण पाठेघरको मुखमा क्यान्सर देखा परेको उनको भनाइ छ । २ दिने शिविरमा २ सय २६ विद्यार्थीसहित ८ सय १५ जनाको स्वास्थ्य परीक्षण गरिएकामा ४३ महिलाको पाठेघर खसेको फेला परेको छ । शिविरमा ५ विद्यालयका २ सय २६ विद्यार्थीमध्ये २९ मा छाला रोग र ४ विद्यार्थीमा आँखा नदेख्ने समस्या फेला परेको थियो ।


प्रकाशित : चैत्र १७, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?