सल्यानमा भीरबाट लडेर एक जनाको मृत्यु

सल्यान — सल्यानमा भीरबाट लडेर बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । कुमाख गाउँपालिका–६ वडागाउँकी ७० वर्षीया पदमी परियारको लडेर मृत्यु भएको हो ।
बाग्चौर नगरपालिका–३ सेताभिरनजिकैको सडकबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए । उनका अनुसार उनी गत केही दिनदेखि छोरीको घरमा बस्दै आएकी थिइन् । सडकदेखि करिब ८० मिटर तल उनको शव भेटिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार परियारको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइँदै छ ।
प्रकाशित : चैत्र १६, २०७९ १३:२५