कर्णाली प्रदेशसभाको बैठक बस्दै

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — दुई महिनापछि आज कर्णाली प्रदेशसभाको बैठक बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो ।

प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्न लागेको जानकारी दिए । बैठकको विषयमा १ बजे बस्ने सर्वदलीय बैठकले निर्णय गर्नेछ ।

यसअघि पुस १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । प्रदेशसभा बैठकले सभामुख र उपसभामुख चयन गरेको थियो । यस्तै, माघ ६ गते मुख्यमन्त्री राजकुमार शर्माले संसद्‌बाट विश्वासको मत लिएका थिए ।

प्रकाशित : चैत्र १२, २०७९ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्

नाम्खामा हेलिप्याड निर्माण गर्दै सेना

जनकबहादुर शाही

हुम्ला — हुम्लाको नाम्खा क्षेत्रमा नेपाली सेनाले हेलिप्याड निर्माण कार्य थालेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्गमा नेपाली सेनाले हेलिप्याड निर्माणको काम सुरु गरेको हो । नेपाली सेनाले जिल्ला सदरमुकामभन्दा बाहिर निर्माण गरेको यो दोस्रो हेलिप्याड हो । यसअघि २०७६ मा हिल्सामा पहिलो हेलिप्याड निर्माण गरिएको थियो ।

विपद्‌मा परेका, जटिल अवस्थाका गर्भवती /सुत्केरी महिला तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ नेपाली सेनाको क्विक इप्याक्ट प्रोजेक्ट अन्तर्गत यही चैत २ गतेबाट सुरु गरिएको हेलिप्याड निर्माण कार्य चैत्र २२ गतेसम्म पूरा हुने नेपाली सेनाको बराहदल गुल्म रानीवन ब्यारेक हुम्लाका गुल्मपति सेनानी दिनेशकुमार खड्काले बताए ।

जिल्ला सदरमुकामदेखि टाढा रहेको यस क्षेत्रमा हेलिप्याड निर्माण पश्चातसडकको सहज पहुँच नभएकाले गर्भवती /सुत्केरी महिला, बाढी पहिरो र अन्य विपद्का बेला आपतकालीन अवस्थामा हेलिकोप्टरबाट उद्वार गर्न सहज हुने गुल्मपति खड्काले बताए ।

गाउँपालिकाको समन्वयमा सेनाले १६ लाखको लगानीमा हेलिप्याड निर्माण कार्य सुरु भएको हो । हेलिप्याड निर्माण हुनु खुसीको कुरा भएको गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले बताए ।

प्राकृतिक विपद्‌को समय उद्धारमा साह्रै कठिनाइ भोगिरहेका नाम्खाबासीलाई सेनाले हेलिप्याड निर्माण गरेपछि अब त्यो समस्या हट्ने उनले बताए । जिल्ला सदरमुकामदेखि नाम्खाका सबै क्षेत्रमा सहज यातायात सुविधा नहुँदा स्थानीयलाई दैनिक जीवनयापनमा कठिनाइ छ ।

नेपाली सेनाले देशको सुरक्षा मात्र होइन जनताको हकहितका लागि सामूहिक काम पनि गर्दै आएको छ । यसै अन्तर्गत यसअघि हिल्सा नाकामा हेलिप्याड, धार्मिक पर्यटकीय तीर्थस्थल खार्पुनाथ शिव मन्दिरमा शौचालय निर्माण र जिल्ला सदरमुकाम सिमकोटमा रहेको मानसरोवर बहुमुखी क्याम्पसमा ट्यांकीसहितको खानेपानीको धारा निर्माण गरेको थियो भने अहिले सेनाले नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्गमा हेलिप्याड निर्माण कार्य सुरु गरेर अर्को राम्रो काम गरेकाले उपाध्यक्ष लामाले नेपाली सेनाको प्रशंसा गरे ।

प्रकाशित : चैत्र १२, २०७९ ११:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×