कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही 

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली प्रदेशको योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही 

शाही दैलेखका हुन् । उनी यसअघि योजना आयोगको सदस्य भइसकेका व्यक्ति हुन् । जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकासमा एमफील गरेका शाही बौद्धिक नेताका रूपमा परिचित छन् ।

यस्तै मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख प्रशासनिक सल्लाहकार विज्ञका रूपमा रुकुम पश्चिमका भरतकुमार शर्मालाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ । शर्मा कर्णाली प्रदेशका पूर्व मुख्य सचिव हुन् । वरिष्ठ आर्थिक सल्लाहकारमा भने शालिकराम पोख्रेललाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

प्रकाशित : चैत्र ९, २०७९ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x