दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना  हुँदा  ३ जनाको मृत्यु

ज्योति कटुवाल

दैलेख — दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो ।

मनकामना ग्यास बोकेको ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले बताए ।

मृत्यु भएका ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : चैत्र ८, २०७९ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्

तेह्रथुममा हिमपात

चन्द्र कार्की

तेह्रथुम — चार दिनसम्मको निरन्तरको वर्षापछि जिल्लाका उच्च पहाडी र लेकाली क्षेत्रमा मंगलबार राति हल्का हिमपातभएको छ । गुराँस फुल्न सुरु गरेको तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रको जंगल र लेकाली पहाडमा हिउँ परेको छ । हिउँले डाँडाकाँडा सेताम्मे देखिएका छन् । 

हिमपात भएपछि आन्तरिक पर्यटक टीएमजे क्षेत्रमा पुगिसेका छन् । हिउँ खेल्नका लागि केही हुल युवाहरु धरानबाट तीनजुरे आएको स्थानीय होटल व्यवसायी रमेश बुढाथोकीले बताए ।

तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको सीमा तीनजुरे मिल्के जलजले क्षेत्रका उच्च पहाडमा हिउँ जमेको तीनजुरे डाँडाबाट प्रस्टै देखिन्छ ।

प्रकाशित : चैत्र ८, २०७९ १०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×