३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष र माओवादी केन्द्रका प्रदेश सदस्य एमाले प्रवेश

महेश केसी

रुकुम पश्चिम — नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा र नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य गंगाराम चनारासहित विभिन्न पार्टीबाट ९ जना नेता कार्यकर्ताहरू  एमालेमा प्रवेश गरेका छन् । 

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष र माओवादी केन्द्रका प्रदेश सदस्य एमाले प्रवेश

एमाले रुकुम पश्चिमका अध्यक्ष नन्दराम देवकोटाले दिएको जानकारीअनुसार शर्मा र चनारासँगै माओवादी केन्द्रबाट गणेश विक (चिन्तन), जिल्ला समन्वय समिटी सदस्य सुनिता चनारा, तिलक बस्नेत, गोरखबहादुर कामी र मीना मल्लले एमाले प्रवेश गरेका छन् । साथै नेकपा विप्लवबाट पनि असल क्षेत्री र कपिल विक एमालेमा आएको देवकोटाले जानकारी दिए ।

मंगलबार नेपालगञ्जमा एक कार्यक्रम आयोजना गरी एमालेका महासचिव शंकर पोखरेलले नवप्रवेशीहरुलाई स्वागत गरेको एमाले रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित : चैत्र ८, २०७९ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?