कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

मुगुको चर्तुदेव क्याम्पसमा अखिल क्रान्तिकारी निर्विरोध निर्वाचित

राजबहादुर शाही

मुगु — जिल्लास्थित चर्तुदेव हिरा सुरेन्द्रपूर्ण क्याम्पसमा अखिल क्रान्तिकारीका मनसुर कार्की निर्विरोध निर्वाचित भएका छन् । नेविसंघबाट सचिवमा दलकृष्ण रावत कोषाध्यक्षमा दुर्गदेवी सञ्जेल निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सदस्य पदमा अनेरास्ववियुका अमिर लावड, विपना रोकाया र विजयकुमार शाही निर्विरोध निर्वाचित भएका छन् ।

मुगुको चर्तुदेव क्याम्पसमा अखिल क्रान्तिकारी निर्विरोध निर्वाचित

अखिल क्रान्तिकारीबाट कमला बुढथापा अनिता डाँगर र नेविसंघका शर्मिला शाही सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

चर्तुदेव हिरा सुरेन्द्रपूर्ण क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायत विधार्थी संगठनले सहमतिका आधारमा सभापतिदेखि सदस्य पदसम्म भागबण्डा गरी स्ववियु पदाधिकारी चयन गरेपछि सबै पद निर्विरोध निर्वाचित भएको क्याम्पस प्रमुख गजेन्द्रबहादुर रावतले बताए ।

मुगुका दुई वटा क्याम्पसमध्ये रारा बहमुखी क्याम्पसमा नेविसंघ र चर्तुदेव क्याम्पसमा अखिल क्रान्तिकारीका सभापति निर्वाचित भएका छन् ।

प्रकाशित : चैत्र ६, २०७९ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?