कपुरकोट क्याम्पसमा स्वतन्त्र उम्मेदवार विजयी- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपुरकोट क्याम्पसमा स्वतन्त्र उम्मेदवार विजयी

विप्लव महर्जन

सल्यान — जिल्लाका सात बहुमुखी क्याम्पसमध्ये कपुरकोटमा भएको स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेदवार रामप्रसाद आचार्य वियजी भएका छन् । उनले प्रतिद्वन्द्वी लीलाबहादुर थापालाई दुई मतले पछि पार्दै विजयी भएका हुन् । आचार्यले २७ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी थापाले २५ मत ल्याएका थिए । 

सल्यान बहुमुखी क्याम्पस लुहापिङ्ग, शिवजन क्याम्पस शितलपाटी, बन्गाड क्याम्पस, फारुला क्याम्पस, जनकल्याण क्याम्पस थारमारे र शारदा क्याम्पस शंखमूलमा सर्वसम्मत स्ववियु सभापति चयन भएका बेला विवादका कारणमात्र कपुरकोट बहुमुखी क्याम्पसमा निर्वाचन भएको थियो ।

कपुरकोट बहुमुखी क्याम्पसमा भने सभापति पदबाहेक अन्यमा निर्वाचन भने नभएको माओवादी केन्द्र निकट अनेरास्वविय जिल्ला अध्यक्ष रमेश बुढाथोकीले बताए । उनका अनुसार भागबन्डामा विवाद भएका कारण सभापति पदमा नेविसंघका आचार्यले र माओवादी केन्द्र अन्तर्गतका अनेरास्ववियुका थापाले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

सर्वसम्मतबाट सल्यान बहुमुखी क्याम्पसमा राजेश ओली, शिवजनमा बुलन्दबाबु सेजवाल, शारदा क्याम्पस शंखमूलमा एलिना श्रेष्ठ, जनकल्याण क्याम्पस थारमारेमा एकराज ओली, फारुवा बहुमुखी क्याम्पसमा बरुण न्यौपाने, बन्गाड क्याम्पसमा अजय विष्ट सभापतिमा चयन भएका बुढाथोकीले जानकारी गराए ।

नेविसंघका जिल्ला सभापति प्रेमनारायण विकका अनुसार सर्वसम्मतअन्तर्गत नेविसंघलाई शिवजन क्याम्पस शितलपाटी र शारदा क्याम्पस शंखमूल, माओवादी केन्द्र निकट अनेरास्ववियुलाई बन्गाड क्याम्पस, बहुमुखी क्याम्पस फारुला र जनकल्याण क्याम्पस थारमारे, एकीकृत समाजवादीअन्तर्गत अनेरास्ववियुलाई कपुरकोट बहुमुखी क्याम्पस र एमाले निकटलाई सल्यान बहुमुखी क्याम्पस खलंगामा केही दिनअघि सहमति भएको थियो ।

प्रकाशित : चैत्र ५, २०७९ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्

रारा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघ विजयी

कान्तिपुर संवाददाता

मुगु — मुगुको रारा बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघका राज तामाङ विजयी भएका छन् । उनले १ सय १७ मत प्राप्त गरी स्ववियु अध्यक्षमा पदमा विजयी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी अनेरास्ववियुकी बैदेवी बुढाले ७२ मत ल्याइन् । यस्तै सचिवमा नेविसंघका असल बिक निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा अनेरास्ववियुकी बसन्ती रोकाया निर्वाचित भएकी छन् । सदस्यमा नेविसंघका पंचदेवी सेजुवाल र सपना रावल विजय भएका छन् ।

रारा बहुमुखी क्याम्पसमा कुल मतदाता संख्या २ सय ६० मध्ये २ सय ७ जना मतदानमा सहभागी रहेको निर्वाचन अधिकृत लालकेशर रोकायाले जानकारी दिए ।

प्रकाशित : चैत्र ५, २०७९ २०:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×