दुई सातादेखि खत्याड गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध

राजबहादुर शाही

मुगु — खत्याड गाउँपालिकामा करिब दुई सातादेखि सञ्चार सेवा अवरुद्ध हुँदा कर्मचारीदेखि स्थानीय समस्या परेका छन् । बाजुराको धिम, खत्याड जिउका र रारा मुर्माटपमा रहेको मोबाइल टावरले खत्याड गाउँपालिकाभर नेटवर्किङको काम गर्दै आएको भएपनि दुई सातादेखि अवरुद्ध हुँदा यहाँका नागरिक सञ्चारविहीन भएका छन् ।

दुई सातादेखि खत्याड गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध

दुई सातादेखि खत्याड गाउँपालिका सञ्चारविहीन भएको गाउँपालिकाका दलित अधिकारकर्मी धिरज नेपालीले बताए । लामो समयसम्म मोबाइलमा नेटवर्क बन्द हुँदा पुन: सञ्चालनका लागि कुनै निकायबाट पहल नभएको उनको गुनासो छ ।

केही दिनयताको भीषण हावाहुरी र चट्याङले गर्दा कुन ठाउँको मोबाइल टावर अवरुद्ध भयो भन्ने एकिन नहुँदा सेवागाह्री मर्कामा परेका छन् । दुई सातादेखि जिल्लाभित्र र बाहिर सम्पर्क गर्न नपाउँदा जनप्रतनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र स्थानीय निराश भएका छन् ।

'खत्याड गाउँपालिकामा मोबाइल नेटवर्क बिग्रिएको धेरै दिन भइसक्यो,' गाउँपालिकाकी उपप्रमुख सरिता रोकायाले भनिन् 'जिम्मेवार निकायले छिटो मर्मत गरिदिनु पर्‍यो ।'

खत्याड गाउँपालिकामा अवरुद्ध मोबाइल नेटवर्क पुन: सञ्चालनका निम्ति क्षेत्रीय कार्यालयमा मौखिक खबर भइसकेको र केही दिनभित्र सुचारु हुने टेलिकम प्रमुख गणेश जिसीले जानकारी दिए । बाजुराको धिममा रहेको मोबाइल टावर सुदूरपश्चिमले मर्मत गर्ने भएकोले त्यहाँ पनि खबर गरिसकेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र २, २०७९ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?