१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

जुम्लामा आगलागीमा परी बालिकाको मृत्यु

डीबी बुढा

जुम्ला — जुम्लामा आगलागीमा परी १६ वर्षीया बन्दना भण्डारीको मृत्यु भएको छ  । चन्दननाथ नगरपालिका १ ठिन्केस्थित घरमा आगलागी हुँदा उनको मृत्यु भएको हो । चन्दननाथ  १ का लोगबहादुर भण्डारीको घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए ।

जुम्लामा आगलागीमा परी बालिकाको मृत्यु

राति १२ बजेतिर आगलागी हुँदा सुतिरहेको अवस्थामा उनको आगोले जलेर मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार आगलागीको कारणबारे भने अनुसन्धान भइरहेको छ ।

माटोको ३ तले घर जलेर पूर्ण रुपमा क्षति भएको छ भने क्षतिको थप विवरण आउन बाँकी छ ।

प्रकाशित : माघ २४, २०७९ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?