कर्णालीको मुख्य न्यायाधिवक्तामा खड्का

वीरेन्द्रनगर — कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त भएका छन् । मुख्यमन्त्री राजकुमार शर्माले खड्कालाई शुक्रबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । खड्का दैलेखका हुन् ।
ड्काले शुक्रबारै पद तथा गोपनियताको शपथ पनि लिएका छन् । उनलाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
प्रकाशित : माघ २०, २०७९ २१:५६