४७ वर्षदेखि उस्तै रारा निकुञ्ज- कर्णाली - कान्तिपुर समाचार
विश्व सिमसार दिवस

४७ वर्षदेखि उस्तै रारा निकुञ्ज

राजबहादुर शाही

मुगु — रारा राष्ट्रिय निकुन्ज स्थापना भएको ४७ वर्षसम्म पनि उस्तै छ । न त पूर्वाधार बनेका छन्‚ न त पर्यटकीय आगमनमा वृद्धि हुन सकेको छ । रारा छाप्रु, गाउँका रैथाने शाहवंशलाई बाँके चिसापानीगाबर सारेर वन्यजन्तु संरक्षण तालको सुरक्षाका लागि २०३२ सालमा रारा राष्ट्रिय निकुन्ज घोषणा भएको ४७ वर्षसम्म पनि यसको कुनै रुप फेरिएको छैन । 


रारामा केबुलकार बन्ला, ठूलठूला होटल निर्माण होलान्‚ ताल वरिपरि बिजुली झिलिमिली होला‚ जताततै विदेशी पर्यटक घुमेको देखिएला भन्ने स्थानीयको आशा अहिले निराशामा परिणत भएको छ ।

२०६३ साल असोज १० गते रारा सिमसार सूचीमा सूचीकृत भएको हो । सोही सालमै रारा मध्यवर्ती घोषणा गरिएको थियो । कागजी रुपमा राराको रुप बदलिएको तर वास्तविक राराको मुहार भने नफेरिएको रारा मुर्मा गाउँका बिर्खबहादुर रोकायाले बताए ।

मध्यवर्ती घोषणा भएको १६ वर्षसम्म पनि स्थानीयले कुनै लाभ र विकासको अनुभव गर्न नसकेको उनको भनाइ छ । २०३२ सालदेखि २०५० सालको अवधिसम्म रारामा मौसमअनुकूल विभिन्न प्रजातिका प्राकृतिक फूलहरू फुलेर रमणीय देखिन्थ्यो तर पछिल्लो पटक बिस्तारै उक्त फूलहरू लोप हुँदै गएका छन् ।

२०३२ सालसम्म रारा वन जंगल क्षेत्रमा प्रशस्तै देखिने डाँफे, कालिज, ढुकुर, कोइली, च्याखुरा, चिर कालिज, तिथ्रालगायत चराहरू पनि हराउँदै गएका छन् ।

प्रकाशित : माघ १९, २०७९ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्

संसद् पूर्णतः प्रतिपक्षको हो : सभामुख घिमिरे

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख देवराज घिमिरेले संसद् पूर्णतः प्रतिपक्षीको हुने बताएका छन् । संसदीय प्रक्रिया र अभ्यासबारे प्रतिनिधिसभा सदस्यहरूका लागि बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले आफूले संविधान, कानुन र विधिभित्र रहेर संसद् सञ्चालन गर्न प्रयास गर्ने बताए ।

‘मेरो विचारमा संसद् पूर्णतः प्रतिपक्षीको हो । प्रतिपक्षीहरूलाई सरकारका राम्रा नराम्रा कामका विषयमा प्रभावकारी ढंगबाट अभिव्यक्ति गर्ने र जनताको अगाडि भूमिका देखाउने कार्यका लागि संसद् सर्वोत्तम निकाय हो,’ उनले भने, ‘तर यसका लागि संसद्‌भन्दा सरकारको काम बढी हुन्छ । सरकारले जिम्मेवार भएर प्रस्तुत हुने र जवाफ दिने भएको अवस्थामा मात्रै हाम्रो संसदीय प्रक्रिया पूर्ण हुन्छ ।’

उनले यस कार्यकालको असल संसदीय अभ्यासले संसद्को गरिमालाई थप बढाउने विश्वास व्यक्त गरे ।


प्रकाशित : माघ १९, २०७९ १२:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×