कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बलात्कार मुद्दाका ७१ वर्षीय फरार प्रतिवादी जेल चलान

जाजरकोट

काठमाडौँ — जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी जाजरकोट बारेकोट–९ निवासी ७१ वर्षीय कालीबहादुर महतारालाई प्रहरीले पक्राउ गरेर जेल चलान गरेको छ । उच्च अदालत सुर्खेतले गत साउन ३० गतेको फैसला आदेशले महतारालाई नौ वर्ष कैद र पचास हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

त्यसयता उनी फरार रहेका थिए । गाउँकै एक महिलालाई बलात्कार गरेपछि २०७७ असोज १४ गते उनी पक्राउ पनि परेका थिए । जिल्ला अदालत जाजरकोटले उनलाई सफाइ दिएपछि उनी २०७८ असारमा जेलबाट मुक्त भएका थिए ।

उनी दोषी हुँदाहुँदै आर्थिक चलखेलमा जिल्ला अदालतले उनलाई जिताएको आशंका गरिएको थियो । तर उनको मुद्दा पुनः उच्च अदालतमा रिट परेको थियो । जिल्ला अदालतले गरेको फैसला उल्टयाउँदै उच्च अदालत, सुर्खेतले उनलाई जेल सजाय र जरिवाना तोकेपनि उनी फरार भएको प्रहरीले जनायो । उनी लुकीछिपी घरमै बसेको सूचनाका आधारमा प्रहरीले प्रक्राउ गरेको प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए । पक्राउ परेका महतारालाई जिल्ला अदालतको आदेशले कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १७, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?