कर्णालीका मुख्यमन्त्री शर्माद्वारा मन्त्रिपरिषद्‌मा कार्यविभाजन- कर्णाली - कान्तिपुर समाचार

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा मन्त्रिपरिषद्‌मा कार्यविभाजन

नवनियुक्त मन्त्रीहरुको आजै शपथ
ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिरिषद्‌मा कार्यविभाजन गरेका छन् । मुख्यमन्त्री शर्माले बुधबार मन्त्रीहरु नियुक्ति, जिम्मेवारी हेरफेरका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गरेका हुन् । 

नवनियुक्त नियुक्त मन्त्रीहरुको आजै साँझ ६ बजे पद तथा गोपनीयता शपथग्रहण हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालले जनाएको छ ।

मुख्यमन्त्री शर्मा पुस २८ मा नियुक्त भएका थिए । उनीसँगै माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही र एमालेबाट दैलेखका विनोदकुमार शाह बिनाविभागीय मन्त्री बनेका थिए । शर्मा माओवादीका १३, एमालेका १०, राप्रपा र एकीकृत समाजवादीका १/१ गरी जम्मा २५ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । नवगठित मन्त्रिपरिषद् महिला र दलितविहीन बनेको छ ।

एमालेबाट

विनोदकुमार शाह : आर्थिक मामिला तथा योजनामन्त्री

टेकराज पछाई : सामाजिक विकासमन्त्री

जीतबहादुर मल्ल : उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री

माओवादी केन्द्रबाट

मंगलबहादुर शाही : भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोतमन्त्री

कृष्ण जिसी : आन्तरिक मामिला तथा कानुनमन्त्री

भीमप्रकाश शर्मा : भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री

प्रकाशित : माघ ११, २०७९ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्

कर्णाली सभामुख गुरुङद्वारा पार्टी सदस्यता परित्याग

ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गरेकी छन् ।  एक विज्ञप्ति जारी गर्दै बुधबार उनले पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएकी छन् । 


नेकपा एमालेको प्रदेश कमिटी सदस्य रहेकी गुरुङ सत्ता गठबन्धनका तर्फबाट माघ १ गते सभामुखमा निर्वाचित भएकी थिइन् ।

जारी विज्ञप्तिमा सभामुख गुरुङले सभामुख पदमा रहँदा साझा भूमिका निभाउनुपर्ने भएकाले संवैधानिक प्रावधानप्रति प्रतिबद्ध हुँदै आबद्ध रहेको दल नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट टाढा रहेको बताइएको छ ।

प्रकाशित : माघ ११, २०७९ १५:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×