जुम्लामा भारी हिमपात [तस्बिरहरू]- कर्णाली - कान्तिपुर समाचार

जुम्लामा भारी हिमपात [तस्बिरहरू]

डीबी बुढा

जुम्ला — जुम्लामा बिहान ५ बजेदेखि भारी हिमपात भइरहेको छ । हिमपातले जुम्ला सेताम्य भएको छ ।

जिल्लाको सबै क्षेत्रमा हिउँ परेसँगै जनजीवन निकै कष्टकर बनेको छ ।


भारी हिमपातले बिहानैदेखि मानिसहरू घरबाहिर निस्कन सकेका छैनन् । पशुवस्तुलाई समेत गोठबाट निकाल्न गाह्रो भएको स्थानीय गोरबहादुर बुढाले बताए ।´घरघरमा गेडागुडी र तातो झोलिलो पदार्थ पकाएर खाने काम भइरहेको छ,' उनले भने ।


लामो समय वर्षा र हिउँ नपर्दा खडेरीले बालीनाली सुकिसकेको थियो । भोकमरी हुने भन्दै किसान चिन्तामा थिए ।


चन्दननाथ–२ का गोविन्द आचार्यले हिमपात पछि बालीनाली सप्रिने बताए । अहिले पाँच इन्च हिउँ परिसकेको छ । हिमपात जारी रहेकोले जमिनमा चिस्यानको मात्रा बढ्ने उनले बताए ।


हिमपातले बिहानैदेखि सडक यातायात ठप्प छ । जहाज चल्ने सम्भावना देखिँदैन ।


गत असोजदेखि जुम्लामा हिउँ परेको थिएन । हिमपातले अत्यधिक चिसाे बढेकाे छ ।





प्रकाशित : माघ १०, २०७९ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्

जुम्लामा एक जना मृत फेला

डीबी बुढा

जुम्ला — जुम्लाको पातारासी गाउँपालिकाको डिल्ली साना जलविद्युत् आयोजनाको नालीमा एक जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पातारासी-६ वाताका ४७ वर्षीय जोरासिंह बुढा सोमबार दिउँसो मृत अवस्थामा भेटिएका हुन् ।

घटनाबारे अनसन्धान भइरहेको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए । 'घटनाको प्रकृति हेर्दा जमेको बरफमा चिप्लिएको जस्तो देखिन्छ,' उनले भने, 'घटनाको अनुसन्धान भइरहेकाले सत्यतथ्य पत्ता लाग्नेछ ।'

मृतक बुढाको शव कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित : माघ ९, २०७९ १५:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×