जुम्लामा भारी हिमपात [तस्बिरहरू]

जुम्ला — जुम्लामा बिहान ५ बजेदेखि भारी हिमपात भइरहेको छ । हिमपातले जुम्ला सेताम्य भएको छ ।
![जुम्लामा भारी हिमपात [तस्बिरहरू]](https://assets-cdn-api.kantipurdaily.com/thumb.php?src=https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2023/miscellaneous/jumla-himpat-1-2412023042033-1000x0.jpg&w=1000&h=0)
जिल्लाको सबै क्षेत्रमा हिउँ परेसँगै जनजीवन निकै कष्टकर बनेको छ ।
भारी हिमपातले बिहानैदेखि मानिसहरू घरबाहिर निस्कन सकेका छैनन् । पशुवस्तुलाई समेत गोठबाट निकाल्न गाह्रो भएको स्थानीय गोरबहादुर बुढाले बताए ।´घरघरमा गेडागुडी र तातो झोलिलो पदार्थ पकाएर खाने काम भइरहेको छ,' उनले भने ।
लामो समय वर्षा र हिउँ नपर्दा खडेरीले बालीनाली सुकिसकेको थियो । भोकमरी हुने भन्दै किसान चिन्तामा थिए ।
चन्दननाथ–२ का गोविन्द आचार्यले हिमपात पछि बालीनाली सप्रिने बताए । अहिले पाँच इन्च हिउँ परिसकेको छ । हिमपात जारी रहेकोले जमिनमा चिस्यानको मात्रा बढ्ने उनले बताए ।
हिमपातले बिहानैदेखि सडक यातायात ठप्प छ । जहाज चल्ने सम्भावना देखिँदैन ।
गत असोजदेखि जुम्लामा हिउँ परेको थिएन । हिमपातले अत्यधिक चिसाे बढेकाे छ ।