जुम्लामा एक जना मृत फेला- कर्णाली - कान्तिपुर समाचार

जुम्लामा एक जना मृत फेला

डीबी बुढा

जुम्ला — जुम्लाको पातारासी गाउँपालिकाको डिल्ली साना जलविद्युत् आयोजनाको नालीमा एक जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पातारासी-६ वाताका ४७ वर्षीय जोरासिंह बुढा सोमबार दिउँसो मृत अवस्थामा भेटिएका हुन् ।

घटनाबारे अनसन्धान भइरहेको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए । 'घटनाको प्रकृति हेर्दा जमेको बरफमा चिप्लिएको जस्तो देखिन्छ,' उनले भने, 'घटनाको अनुसन्धान भइरहेकाले सत्यतथ्य पत्ता लाग्नेछ ।'

मृतक बुढाको शव कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित : माघ ९, २०७९ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्

६ महिनामा ७ खर्ब ९२ अर्बको आयात, व्यापार घाटा १९% घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि पुससम्म कुल ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको वित्तीय रिपोर्टअनुसार रकमका आधारमा आयात गत वर्षको यसै अवधिको तुलनामा २०.६८ प्रतिशतले कम हो ।

गत वर्ष यसै अवधिमा ९ खर्ब ९९ अर्ब ३४ करोडको आयात भएको थियो । त्यस्तै आयात मात्रै नभई निर्यात समेत सो अवधिमा ३२ प्रतिशतले घटेको छ । ६ महिनामा ८० अर्ब ८० करोड रुपैयाँको मात्रै वस्तु देशबाहिर निर्यात भएको छ । गत वर्षको यसै अवधिमा १ खर्ब १८ अर्बको निर्यात भएको थियो ।

समग्रमा ६ महिनामा मुलुकको व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । विभागका अनुसार समीक्षा अवधिमा व्यापार घाटा १९.१५ प्रतिशतले घटेको छ । गत वर्षको यहीं अवधिमा मुलुकको व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो ।


प्रकाशित : माघ ९, २०७९ १५:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×