१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

जडिबुटी मिसाएको खानेकुरा खाँदा जुम्लामा एक जनाको मृत्यु, ३ बिरामी

डीबी बुढा

जुम्ला — चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा गेडागुडीमा जडिबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ । तीन जना बिरामी परेका छन् ।

मृत्यु हुनेमा ३५ वर्षीय दिपक रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३८ वर्षीय तिल धराला, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला बिरामी छन् । बिरामीमध्ये तिल घर धनी हुन् । अरू सबै उनको घर बनाउन लागेका मिस्री हुन् ।

गेडागुडी खाइसकेपछि सबै जना एक्कासि बेहोस भएका थिए । उनीहरुलाई तत्कालै कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि स्थानीय भैरबहादुर धरालाले बताए । उनले गेडागुडीमा हालिएको जडिबुटीमा विष परेको हुन सक्ने बताए । मृतक बाहेक अन्य ३ जना होसमा आइसकेका छन् ।

उनीहरुको आईसियुमा राखेर उपचार भइरहेको डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

प्रकाशित : माघ ८, २०७९ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?