कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । उनले शुक्रबारको प्रदेशसभा बैठकबाट विश्वासको मत पाएका हुन् ।

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

संसद्‍मा शर्मालाई विश्वासको मत दिने सांसदको संख्या २५ थियो । उनको विपक्षमा १४ जना सांसदले मतदान गरेका थिए । ४० सदस्यीय प्रदेशसभामा शुक्रबार ३९ सांसद मतदानमा सहभागी भएका थिए ।

मुख्यमन्त्री शर्मा पुस २७ गते कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका थिए । यसअघि कांग्रेसका जीवनबहादुर शाही र माओवादी केन्द्रका महेन्द्रबहादुर शाही कर्णालीको मुख्यमन्त्री बनिसकेका थिए ।

कर्णालीसँगै प्रदेश १, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी गरी ६ वटा प्रदेशका मुख्यमन्त्रीहरूले विश्वासको मत पाइसकेका छन् । सुदूरपश्चिममा भने विश्वासको मत लिने प्रक्रिया सुरु भएको छैन ।

प्रकाशित : माघ ६, २०७९ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?