२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कर्णालीमा  एमालेबाट सभामुखको उम्मेदवार नन्दा गुरुङ

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णालीमा नेकपा एमालेले सभामुखका लागि उम्मेदवारको नाम टुंग्याएको छ । एमालेले सभामुखको लागि नन्दा गुरुङलाई अघि सारेको हो ।

कर्णालीमा  एमालेबाट सभामुखको उम्मेदवार नन्दा गुरुङ

एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले सभामुखका लागि गुरुङको नाम टुंगिएको र शनिबार दिउँसो ४ बजे उम्मेदवारी दर्ता गर्ने तयारी रहेको बताए । गुरुङ सुर्खेतबाट समानुपातिक सांसद हुन् ।

कर्णालीमा सत्तारुढ दलको भागबन्डामा सभामुख एमालेको भागमा परेको छ भने उपसभामुख माओवादी केन्द्रको भागमा परेको छ ।

प्रकाशित : पुस ३०, २०७९ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?