कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

४ वर्षीया छोरीसहित महिला बेपत्ता

महेश केसी

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–८,की एक महिला १७ दिनदेखि बेपत्ता भएकी छिन् । घोर्खानीकी २१ वर्षीया दिलमाया मगर ४ वर्षीया छोरीसहित सम्पर्कविहीन भएको उनका श्रीमान् आशिष पुनले बताए । 

४ वर्षीया छोरीसहित महिला बेपत्ता

पुस १३ गते बिहान बजार जान्छु भनेर घरबाट निस्किएकी उनी त्यसपछि सम्पर्कविहीन भएको पुनले बताएका छन् । श्रीमती हराएपछि आफूले छर–छिमेक र आफन्तकोमा खोजी गर्दा नभेटेपछि प्रहरीलाई जानकारी गराएको उनले बताए ।

‘घरमा भएको केही पैसा र कागजात अनि कपडासमेत लिएर छोरीसहित उनी गायब भइन,’ श्रीमान् पुनले भने, ‘त्यो दिन म घरमा थिइना । बा–आमालाई बजार जान्छु भनेर गएकी उनी अहिलेसम्म सम्पर्कमा छैनन् ।’

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले परिवारको उजुरीका आधारमा दिलमायाको खोजी कार्य जारी रहेको बताएका छन् ।

प्रकाशित : पुस ३०, २०७९ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?