सल्यानमा बस दुर्घटना हुँदा चालक र सहचालक घाइते

विप्लव महर्जन

सल्यान — जिल्लाको बाग्चौर नगरपालिका–२ बाग्चौरमा ना ७ ख ३८९८ नम्बरको यात्रुबाहक बस आइतबार बिहान भित्तामा ठोक्किँदा चालक र सहचालक घाइते भएका छन् । ओरालोमा लगेर स्टार्ट गर्न खोज्दा ब्रेक नलाग्दा बस भित्तामा ठोक्किएको हो ।

सल्यानमा बस दुर्घटना हुँदा चालक र सहचालक घाइते

भित्तामा ठोक्किँदा घाइते भएकामा चालक शारदा नगरपालिका ११ का २८ वर्षीय टेकेन्द्र थापा र सहचालक छत्रेस्वरी गाउँपालिका ६ शंखमूलका २९ वर्षीय राजु बस्नेत रहेका छन् ।

घाइते भएका सहचालक राजु बस्नेतलाई टाउकोमा चोट लागेकाले सिटी स्क्यानको लागि नेपालगन्ज लगिएको र चालक थापा भने सामान्य उपचारपछि ठिक भएका इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख प्रनि कनकबहादुर शाहीले बताए । ओरालोमा ब्रेक नलागेर बस भित्तामा ठोक्किएको उनले जानकारी गराए । उनका अनुसार प्रहरीका अनुसार ना ७ ख ३८९८ नम्बरको बस आइतबार बिहान बाग्चौरबाट नेपालगन्ज जाने तयारीमा थियो ।

प्रकाशित : पुस १०, २०७९ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार रकम घोषणा गरेर दिन ढिलसुस्ती गर्ने सरकारी नियतलाई के भन्नुहुन्छ ?