१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

'मेरो आत्माले शान्ति पाओस्' भन्ने पत्र छोडी हुम्लामा एक किशोरी बेपत्ता

जनकबहादुर शाही

हुम्ला — सोमबार दिउँसोबाट सिमकोट गाउँपालिका–८ खोल्सीगाउँकी एक किशोरी बेपत्ता भएकी छन् । १५ वर्षीया परेउकला सिंहले 'मेरो आत्माले शान्ति पाओस्' भन्ने शीर्षकको एउटा पत्र छोडी बेपत्ता भएको परिवारका सदस्यले बताए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार बेपत्ता हुनुअघि सिंहले छोडेको उक्त पत्र सिंहका आफन्तले प्रहरी चौकीलाई बुझाएका छन् ।

सोही पत्रका आधारमा प्रहरीले नजिकैको कर्णाली नदी आसपासतिर खोजी गरेको छ । उनको पत्रका आधारमा उनी नदीमा हामफालेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

छोरी बेपत्ता भएपछि सिंहका परिवारले उनीसँग प्रेम सम्बन्ध रहेको भन्दै एक युवकविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

मंगलबार प्रहरी र स्थानीय मिलेर सिंहको खोजी गरिरहेको हुम्लाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक दीपक मल्लले बताए ।

प्रकाशित : मंसिर २७, २०७९ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?