चिल ठोक्किएर क्षति पुगेको तारा एयरको जहाज मर्मत सुरु- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिल ठोक्किएर क्षति पुगेको तारा एयरको जहाज मर्मत सुरु

जनकबहादुर शाही

हुम्ला — बुधबार मध्याह्न चिलसँग ठोक्किएर क्षति पुगेको तारा एयरको जहाजको मर्मत कार्य सुरु भएको छ । मर्मतका लागि आएको प्राविधिक टोलीले सिमकोटस्थित ठोक्किएर जहाजको नोजभित्र छिरेको चिल निकालेर क्षति पुगेको भागको मर्मत कार्य सुरु गरिएको हो ।

बुधबार सर्केगार्ड र अदानचुली गाउँपालिकाको सिमानामा पर्ने मनेलेक क्षेत्रमा तारा एयरको ट्विनअटर विमान चिलसँग ठोक्किँदा जहाजको अग्र भागमा क्षति भएको थियो । बुधबारदेखि सिमकोट विमानस्थलमै रहेको जहाज मर्मतका लागि काठमाडौंबाटै प्राविधिक जनक तामाङको नेतृत्वमा सात सदस्यीय टोली सिमकोट पुगेको छ ।

जहाज मर्मतमा संलग्न प्राविधिक टोलीले जतिसक्दो चाँडो क्षति पुगेको जहाजको मर्मत कार्य गरी संचालनमा ल्याउने बताएको तारा सिमकोटका स्टेसन इन्चार्ज सरस्वती लामाले बताइन् ।

बुधबार दिउँसो तारा एअरको एन-एकेएल कलसाइन भएको जहाजको टुप्पोमा चिल ठोक्किँदा जहाजमा क्षति पुगेको थियो ।

प्रकाशित : मंसिर २३, २०७९ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्

तारा एयरको विमानमा चिल ठोक्कियो

जनकबहादुर शाही

हुम्ला — हुम्लाको मने लेक नजिकै तारा एयरको ट्विनअटर विमान चिलसँग ठोक्किँदा क्षति भएको छ । मानवीय क्षति भने भएको छैन ।

चिलसँग जहाज ठोक्किएपछि हुम्लाको सिमकोट विमानस्थलमा सुरक्षित रुपमा जहाज अवतरण गरिएको छ ।

बुधबार दिउँसो १२:४५ बजे नेपालगन्जदेखि सिमकोट विमानस्थल हुम्ला आउँदै गरेको ९ एन-एकेएल कलसाइन भएको तारा एयरलायन्सको जहाज सिमकोट विमानस्थलमाअवतरण गर्न करिब २ मिनेट अगाडि अगाडिको टुप्पोमा चिल ठोक्किएको थियो ।

सिमकोट विमानस्थलका कर्मचारीहरूका अनुसार जहाजको अगाडिको भागबाट चिल ठोक्किएर जहाजको नोजभित्र चिल छिरेको छ ।

नेपालगन्जदेखि चामल लिएर आएको जहाजमा चालक दलका तीन जान सदस्य भने सकुशल रहेको र अहिले उक्त जहाज सिमकोट विमानस्थलमै राखिएको छ ।

प्रकाशित : मंसिर २१, २०७९ १५:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×