कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुसीकोटमा रोकिरहेको मोटरसाइकलामा आगलागी

महेश केसी

रुकुम पश्चिम — जिल्लाको मुसीकोट नगरपालिका– ८ ठोकलाबाङमा रोकिरहेको रा ५ प ७०३३ नम्बरको मोटरसाइकलमा हिजो साँझ आगलागी भएको छ ।

मुसीकोटमा रोकिरहेको मोटरसाइकलामा आगलागी

मोटरसाइकल धनी भीमप्रकाश पाण्डेका अनुसार आफूहरुले मोटरसाइकल रोकेर साथीको बिहेमा जान भनेर केही अगाडि बढ्ने बित्तिकै आगलागी भएको बताएका छन् । आफूसँगै गएका अरु दुई वटा बाइकमा भने कुनै क्षति नपुगेको उनको भनाइ छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । यस पिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताए ।

प्रकाशित : मंसिर २०, २०७९ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?