कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

जुम्लामा जन्ती गएर फर्किएका पुरुषको मृत्यु 

डीबी बुढा

जुम्ला — जुम्लामा जन्ती गएर घर फर्कने क्रममा एक जनाको मृत्यु भएको छ । तिला गाउँपालिका-६ का अन्दाजी ४७ वर्षीय देव रावतको लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार मृतक रावतले अत्यधिक मदिरा सेवन गरेको भेटिएको थियो । सँगैका साथीहरु समयमै घर फर्किए पनि उनी नआएपछि खोजी गरिएको थियो । तिला-१ राराको सेरी बजारबाट घर फर्केका रावतको लडेर मृत्यु भएको हो ।

शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने काम भइरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

प्रकाशित : मंसिर १७, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?