२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

जुम्लामा कैलालीका युवकको मृत्यु

डीबी बुढा

जुम्ला — जुम्लाको विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलालीका एक युवकको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका बेहोस अवस्थामा भेटिएका युवकको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।

चन्दननाथ नगरपालिका–१ स्थित जुम्ला विमानस्थलको पश्चिमतर्फ तार जालीभित्र टिकापुर नगरपालिका-७ शतिगाउँका अन्दाजी २९ वर्षका रामप्रसाद जैसी बेहोस अवस्थामा भेटिएका थिए । जैसीलाई उपचारका लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको थियो । प्रतिष्ठानका डाक्टरले जैसीलाई उपचारमा क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए ।

मृतक युवा जुम्ला घुमफिर गर्न आएको भन्ने बुझिएको प्रहरीले जनाएको छ । प्रहरीले मृत्युका आफन्तलाई खबर भइसकेको जनाएको छ । मृतकको पोस्टमार्टम बाँकी छ । उक्त स्थानमा थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटिएको छ ।

प्रकाशित : मंसिर १६, २०७९ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?