१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

भोट हालेर बेंसीतिर

मुगु — मुगमकार्मारोङ गाउँपालिका–२ मुगुगाउँका ६१ वर्षीय च्यावा तामाङको ५ परिवार भोट हालपछि बुधबार चार महिनाका लागि घाम ताप्न बेंसीतिर झरेको छ । ‘भोट पनि हालियो, गाउँमा बरफ जम्न पनि थाल्यो,’ उनले भने, ‘अब गर्मी लागेपछि गाउँ आउने गरी हामी त तल झर्‍यौं ।’

भोट हालेर बेंसीतिर

गत वर्षसम्म मुगुगाउँका स्थानीयले हिमपात हुने सिजनअघि नै कात्तिक पहिलो साता नै चिसोका कारण गाउँ छाडिसकेका थिए । तर यसपल्ट निर्वाचनका कारण उनीहरूले झन्डै एक महिनापछि बेंसी झरिरहेका छन् । ‘५ वर्षमा एकपल्ट आउने चाडजस्तै भयो नि चुनाव त, त्यसैले जाडो सहेर पनि जसोतसो भोट हाल्यौं,’ उनले भने, ‘भोट हालेका उम्मेदवारले चुनाव पनि जिते, अब त हाम्रा लागि पनि केही काम गर्लान् नि ।’ उनी भोलिसम्म सदरमुकाम गमगढी पुग्ने योजनामा छन् ।

चिसोले गाउँमा बरफ जमेपछि बस्न माथि बस्न नसकिने अवस्था भएकाले बुधबार मात्र गमगढी झरेका मुगुगाउँका छिरिङ लामाले बताए । उनका अनुसार अहिले सबैले कात्तिके अन्नबाली घरमा थन्क्याइसकेका छन् । उनका अनुसार स्थानीय मुगुगाउँभन्दा तलका सिरानचौर, कोही, पिलाडी, चितैलगायत बस्तीमा अस्थायी रूपमा झरिरहेका छन् । ‘अबको एक हप्ताभित्र गाउँपालिकाका १३ वटै बस्ती खाली हुन्छन् होला,’ उनले भने, ‘चिसोको समयको सदुपयोग गर्दै ५ जनाको परिवार नेपालगन्ज हुँदै काठमाडौंसम्म पुग्ने सोचाइमा छौ ।’

समुद्र सतहदेखि झन्डै ३५ सय मिटर उचाइमा रहेको मुगु गाउँवासी जाडोले गर्दा कम्तीमा चार महिना बेंसीतिर झर्ने गरेका छन् । गाउँमा हेरचाह गर्ने जिम्मा गुम्बाका लामाहरूलाई दिएर उनीहरूले धमाधम घर छाडिरहेका हुन् ।

प्रकाशित : मंसिर १६, २०७९ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?