कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

जाजरकोटमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

जाजरकोट — जाजरकोटमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । बिहीबार बिहान सदरमुकामस्थित तल्लो थाप्लेमा पैदल हिँडिरहेकी भेरी नगरपालिका–४ की ६१ वर्षीया विजया शाहीलाई ०२००१ प ७८८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् ।

शाहीलाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले जानकारी दिए । शाहीलाई विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल भेरी नगरपालिका–३ का २७ वर्षीय विनोद विकले चलाएका थिए ।

चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा लगिएको प्रहरी प्रमुख डीएसपी निरौलाले बताए ।

प्रकाशित : मंसिर १५, २०७९ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?