तीन सातादेखि रमाना गिरी बेपत्ता- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन सातादेखि रमाना गिरी बेपत्ता

राजबहादुर शाही

मुगु — खत्याड गाउँपालिका-८ रिघा गाउँकी २४ वर्षीया रमाना गिरी बेपत्ता भएको तीन साता बितिसक्दा पनि अझै पत्तो लागेको छैन । गत कात्तिक २१ गते राति उनी घरमा डेढ महिनाकी छोरी छाडेर बेपत्ता भएकी थिइन् ।

गिरी बेपत्ता भएको तीन सातासम्म पनि घरबाट खोजीको प्रयास नभएको भन्दै माइतीले खोजी कार्यका लागि प्रहरीलाई दबाब दिँदै आएका छन् ।

कात्तिक २२ गते गिरीको माइती पक्षले रातापानी प्रहरी चौकीमा खोजी कार्यका लागि उजुरी दिएका छन् । ‘बहिनी बेपत्ता भएको तीन साता बितिसक्दा पनि खोजी कार्य भएन‚’ रमानाका दाजु टेकराज गिरीले भने‚ ‘अहिलेसम्म न त जीवित न त मृत्यु‚ कुनै अत्तोपत्तो छैन । हामीले खोजी गरिरहेका छौँ ।’ पोइली पक्ष चुपचाप रहेको माइती पक्षको आरोप छ ।

बेपत्ता रमानाका श्रीमान् प्रेमरा गिरीलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुदर्शन पन्थीले बताए । हरेक कोणबाट गिरीबारेमा अनुसन्धान गरे पनि अहिलेसम्म टुंगोमा पुग्न नसकिएको सूचना अधिकारी पन्थीले जानकारी दिए ।

प्रकाशित : मंसिर १३, २०७९ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्

एभरेस्ट बैंकले टाटाका विद्युतीय गाडी किन्न १२.८% ब्याजमै कर्जा दिने 

कान्तिपुर संवाददाता

काठमाडौँ — टाटाका बिजुली गाडी खरिदका लागि एभरेस्ट बैंकले १२.८० प्रतिशत ब्याजमै कर्जा दिने भएको छ । एभरेस्ट बैंक र टाटाको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय गाडी खरिद प्रक्रियामा सहज गर्नेगरी एक सम्झौता भएको छ ।

जसअनुसार बैंकले सहज र सरल प्रक्रियाबाट कर्जा उपलब्ध गराउने छ । बैंकका शाखाबाट विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म कर्जा पाउने छन् । ७ वर्षसम्मको अवधिका लागि बिजुली गाडी खरिद गर्न कर्जा दिइने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । टाटा मोटर्सका हाल नेक्सन ईभी तथा टिगोर इभी बजारमा सहज उपलब्ध छन् ।


प्रकाशित : मंसिर १३, २०७९ १२:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×