मुगुमा समानुपातिकतर्फ एमाले पहिलो

मुगु — मुगुमा समानुपातिकतर्फ नेकपा एमाले पहिलो स्थानमा देखिएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ खसेको कूल २६ हजार ५ सय ५४ मतमध्ये ८ हजार ६ सय ४३ मत ल्याएर एमाले पहिलो भएको छ भने ८ हजार ४ सय ४० मत प्राप्त गरी कांग्रेस दोस्रो भएको छ । यसैगरी माओवादी केन्द्रले समानुपातिकमा ४ हजार ६ सय ५० मत प्राप्त गरेको छ ।

मुगुमा समानुपातिकतर्फ एमाले पहिलो

मुगु प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा पनि खसेको समानुपातिकतर्फको कूल १३ हजार ८ सय २५ मतमध्ये ३ हजार ७ सय ९ मत ल्याएर एमाले पहिलो भएको छ ।

सोही क्षेत्रमा कांग्रेसले ३ हजार २ सय ७६ मत प्राप्त गरेको छ भने माओवादी केन्द्रले ३ हजार ५ सय ७९ मत प्राप्त गरेको छ । प्रदेशसभा १ मा भने समानुपातिकतर्फ कांग्रेस पहिलो स्थानमा देखिएको छ ।

उक्त प्रदेशमा समानुपातिकतर्फ खसेका कूल १२ हजार ६ सय ९४ मतमध्ये कांग्रेसले ४ हजार ९ सय ९० र एमालेले ४ हजार ७ सय ६५ मत प्राप्त गरेको छ ।

प्रदेश १ मा माओवादी केन्द्रले समानुपातिकतर्फ १ हजार १ सय ६२ मत ल्याएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ राप्रपाले ३ सय ६८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीले २ सय ९ मत ल्याएको छ ।

प्रकाशित : मंसिर ११, २०७९ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?