नवनिर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

विप्लव महर्जन

सल्यान — प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित हुने गठबन्धनका नेतालाई मुख्य निर्वाचन कार्यालय सल्यानले प्रमाणपत्र वितरण गरेको छ ।  मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक मतगणना सम्पन्न भएपछि एक कार्यक्रम गरी निर्वाचितलाई प्रमाणपत्र वितरण गरेको हो । 

नवनिर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पाँचदलीय गठबन्धनअन्तर्गत प्रतिनिधिसभाका लागि नेकपा समाजवादीका नेता तथा उपमहामन्त्री प्रकाश ज्वाला, प्रदेशसभाअन्तर्गत सल्यान–१ मा माओवादीका नेता भीमप्रकाश शर्मा, २ बाट कांग्रेसका सुरेश अधिकारी निर्वाचित भएका थिए ।

मतगणना सम्पन्न भएपछि एक कार्यक्रम गरेर निर्वाचितलाई प्रमाणपत्र वितरण गरेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताएका छन् । उनले प्रमाणपत्र वितरणका क्रममा तीनै जना निर्वाचित नेतालाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका थिए ।

मुख्य निर्वाचन अधिकृत गौतमका अनुसार प्रतिनिधिसभामा नेकपा समाजवादीका नेता प्रकाश ज्वालाले ३५ हजार ७ सय मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७ सय ८७ र एमालेका उम्मेदवार राजेन्द्रवीर रायले १३ हजार २९ मत ल्याएका थिए ।

त्यस्तै प्रदेशसभाअन्तर्गत सल्यान–१ मा विजयी भएका माओवादी केन्द्रका नेता भीमप्रकाश शर्माले २२ हजार २ सय ४३ मत ल्याएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कुलबहादुर गिरीले १४ हजार २ सय २५ मत ल्याएका थिए ।

निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचित कांग्रेसका नेता सुरेश अधिकारीले २० हजार ४ सय ८ मत ल्याएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार गुलावजंग शाहले १६ हजार ६ सय १८ मत ल्याएका थिए । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सल्यानमा २ सय ५ मतदान केन्द्रबाट ८३ हजार मतदाताले मतदान गरेका थिए ।

प्रकाशित : मंसिर ११, २०७९ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?