१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

प्रत्यक्षमा एमाले शून्य, समानुपातिकमा पहिलो

विप्लव महर्जन

सल्यान — एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सल्यानमा भर्खरै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ हार व्यहोरेको एमाले समानुपातिकतर्फ भने पहिलो दल बनेको छ । सल्यानबाट एमाले उम्मेदवारलाई हराउँदै प्रतिनिधिसभामा एकीकृत समाजवादीका प्रकाश ज्वाला, प्रदेशसभा १ (१) मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा र १ (२) मा कांग्रेसका सुरेश अधिकारी विजयी भए ।

प्रत्यक्षमा एमाले शून्य, समानुपातिकमा पहिलो

जिल्लाका १० पालिकाको २ सय ५ केन्द्रमा खसेका मतगणना सकिएपछि मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको समानुपातिकतर्फको परिणामअनुसार एमालेले प्रतिनिधिसभाका लागि २२ हजार २ सय ५६ मत ल्याएको छ । माओवादी केन्द्रले २१ हजार ३ सय २५, कांग्रेसले १९ हजार ९ सय ६६ र एकीकृत समाजवादीले ५ हजार ९ सय ७० मत ल्याएको छ ।

यस्तै प्रदेशसभातर्फका दुवै क्षेत्रमा एमालेले २२ हजार ३ सय १९, माओवादी केन्द्रले २१ हजार २ सय ३१, कांग्रेसले १८ हजार ६ सय ४८ र समाजवादीले ८ हजार ४ सय २९ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार समानुपातिकतर्फ माओवादी केन्द्र दोस्रो र कांग्रेस तेस्रो भएका छन् ।

मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमका अनुसार २ सय ५ मतदान केन्द्रमा प्रतिनिधिसभाका लागि ८४ हजार ७ सय ८९ र प्रदेशसभाका लागि ८२ हजार ९ सय ९८ मत खसेको थियो । खसेको कुल मतअनुसार प्रतिनिधिमा ६ हजार २ सय १५ र प्रदेशमा ६ हजार २ सय ३१ मत बदर भएको छ । उनका अनुसार प्रत्यक्षतर्फ पाँचदलीय गठबन्धनअन्तर्गत प्रतिनिधिसभामा विजयी भएका एकीकृत समाजवादीका प्रकाश ज्वालाले ३५ हजार ७ सय ल्याउँदा एमालेका राजेन्द्रवीर रायले १३ हजार २९ र स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७ सय ८९ मत ल्याएका थिए ।

प्रदेशसभाअन्तर्गत १ (१) मा विजयी भएका माओवादीका भीमप्रकाश शर्माले २२ हजार २ सय ४३ र एमालेका उम्मेदवार कुलबहादुर गिरीले १४ हजार २ सय २५ मत पाए । १(२) मा विजयी भएका कांग्रेसका सुरेश अधिकारीले २० हजार ४ सय ८ मत ल्याउँदा एमालेले १६ हजार ६ सय १८ मत ल्याएका थिए ।

प्रकाशित : मंसिर ११, २०७९ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?