कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा सदस्य प्रदेशमा

‘केन्द्रबाट जनताको दुःखसुखमा साथ दिन नसकिने रहेछ, अब प्रदेशबाट पूरा गर्छु’
ज्योति कटुवाल

(सुर्खेत) — प्रतिनिधिसभा सदस्य भइसकेका कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह यसपालि प्रदेशसभामा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका शाह अहिले जाजरकोट क्षेत्र नम्बर १(२) बाट निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा सदस्य प्रदेशमा

उनी २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । यसपालि पनि संघीय सांसदको आकांक्षी रहेका शाह बनेका थिए । तर सत्ता गठबन्धनको भागबन्डाका कारण माओवादी केन्द्रलाई संघीय संसद्को भाग परेपछि उनी प्रदेशमा पुगेका हुन् ।

मुख्यमन्त्रीको दाउमा प्रदेशमा पुगेका शाहले १६ हजार ४० मत प्राप्त गरे । यस्तै कालीकोटबाट माओवादी केन्द्रका दुर्गबहादुर रावत पनि प्रदेशमा पुगे । २०७४ मा कालिकोटबाट प्रतिनिधिसभामा निर्वाचित भएका उनी यसपालिका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई केन्द्रमा पठाएर आफू प्रदेश गएका हुन् ।

उनले ९ हजार मत प्राप्त गरेका थिए । ‘केन्द्रबाट जनताको दुःखसुखमा साथ दिन नसकिने रहेछ,’ उनले भने । रावलले संघीय सांसद हुँदा जनतासँग गरेका वाचा प्रदेश सरकारबाट काम गरेर देखाउने प्रतिबद्धता जनाए । सुर्खेतमा प्रदेशसभा सदस्यमा दोस्रो पटक पनि एमालेका यमलाल कँडेल निर्वाचित भएका छन् । करिब दुई दशकअघि मन्त्री भइसकेका कँडेल जुनियरलाई प्रतिनिधिसभामा पठाएर आफू पुनः प्रदेशसभामा उठेका हुन् । मुख्यमन्त्रीको सपना बोकेका कँडेल अघिल्लो पटक सपना साकार नभए पनि यसपालि पनि प्रदेशमै दोहोरिएका हुन् ।

दैलेखका दुई प्रतिनिधिसभा र ४ प्रदेशमध्ये दुवै प्रतिनिधिसभामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ३ वटा प्रदेशमा गठबन्धनले जित हात पारेको छ । क्षेत्र नम्बर दुईको प्रदेश ‘ख’ मा भने एमालेका विनोद शाहले बाजी मारेका छन् । यसो त कर्णालीमा एमालेका ४ जना मात्र प्रदेशसभाका लागि विजयी भएका छन् । कर्णालीमा प्रत्यक्षतर्फ २४ वटा प्रदेशसभा क्षेत्र छन् । २४ मध्ये २० वटा स्थानमा भने गठबन्धनले जित्ने निश्चित छ । सल्यानमा कांग्रेसका सुरेन्द्र अधिकारी र माओवादीका भीमप्रकाश शर्मा विजयी भएका छन् । जाजरकोटबाट भने कांग्रेसका राजीवविक्रम शाह र वेदराज सिंह निर्वाचन भए । कालीकोटबाट कांग्रेसका हिक्मतबहादुर विष्ट प्र्रदेश ‘ख’ र माओवादीका दुर्गबहादुर रावतले विजयी हासिल गरेका हुन् । गठबन्धनबाट प्रदेशतर्फ हेर्ने हो भने कांग्रेसको बाहुल्य छ ।

यस्तै सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का प्रदेशसभा ‘ख’ का माओवादीका केन्द्रका केन्द्रीय सदस्य बिन्दमान विष्ट विजयी भएका छन् । विष्टले १३ हजार ९ सय ९ मत प्राप्त गर्दै एमालेका ताराकेशर गौतमलाई पराजित गरेका हुन् । उनको यो दोस्रो जित हो । माओवादीका ‘जेल ब्रेक कमान्डर’ का रूपमा परिचित विष्ट प्रदेश सरकारका अर्थमन्त्रीसमेत भइसकेका छन् । सुर्खेतकै क्षेत्र नम्बर १ को ‘क’ मा माओवादी केन्द्रका कृष्णबहादुर जिसी निर्वाचित भएका छन् । हुम्ला जाजारकोट रुकुम पश्मिच, दैलेख कालीकोट मुगु, सुर्खेत, सल्यानमा गठबन्धनले जितेको छ ।

प्रकाशित : मंसिर ९, २०७९ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?