दैलेख-१ मा मतगणना सुरु- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दैलेख-१ मा मतगणना सुरु

ज्योति कटुवाल

दैलेख — दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना सोमबार दिउँसोबाट सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृत बलराम लम्साललका अनुसार सर्वदलीय बैठक बसेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको हो । ७८हजार २ समय ८२ मतदाता भएको क्षेत्र नम्बर १ मा ४७हजार ५ सय २१ खसेको थियो ।

क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधिसभाको दुई स्थान र प्रदेशसभाको १ र २ का दुई स्थानमा भने मतगणना सुरु भएको छैन ।

प्रकाशित : मंसिर ५, २०७९ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोटमा मत गणना सुरू

कृष्ण थापा

नुवाकोट — जिल्लामा प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । निर्वाचन क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको नुवाकोट अदालतमा मत गणना सुरु भएको हो ।

प्रतिनिधिसभा, प्रदेशसभा २ को र समानुपातिकतर्फको गणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारले राख्ने प्रतिनिधि छनोटको विषयमा केही बेर विवाद भएपछि गणना ढिलो हुन गएको थियो । दिउँसो साढे १ बजेबाट गणना थालिएको हो ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन अधिकृतको कार्यालयले भने केही समयपछि गणना थालिने जनाएको छ ।

निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार उम्मेदवार र कर्मचारीलाई दिइने कार्ड बनाउन थालिएको र केही समयपछि गणना थालिने बताए । नुवाकोटमा आइतबार भएको मतदानमा ५४ प्रतिशत मत खसेको थियो ।

उच्च सुरक्षासहित सावधानीसहित गणना सुरू भएको हो ।

प्रकाशित : मंसिर ५, २०७९ १४:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×