सल्यान कारागारका १८ कैदीबन्दीले गरे मतदान- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यान कारागारका १८ कैदीबन्दीले गरे मतदान

विप्लव महर्जन

सल्यान — सल्यानमा कारागारका कैदीबन्दीले प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचनमा मतदान गरेका छन् । निर्वाचन आयोगले नै कैदीबन्दीले मतदान गर्न पाउने व्यवस्था मिलाएपछि कारागार भित्रै निर्माण गरिएको अस्थायी मतदान केन्द्रबाट कैदीबन्दीले मतदान गरेका हुन् । 

कारागारमा रहेका १ सय २१ कैदीबन्दीमध्ये नामावली भएका १८ जनाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले बताए । अहिले कारागारमा मतदान सकिएको उनले जानकारी गराए ।उनकाअनुसार कैदीबन्दीलाई बाहिर निकाल्न नमिल्ने भएकाले भित्रै अस्थायी मतदान केन्द्र निर्माण गरिएको थियो ।

कैदीबन्दी थोरै भएकाले मतदान कार्य डेढघन्टा भित्रै सकिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए । जिल्लाका २ सय २ मतदान केन्द्रमा भने मतदान भैरहेको र सान्त वातावरणमा मतदान भैरहेको उनले जानकारी गराए ।

क्याप्सनः कैदीबन्दी राखिएको जिल्ला कारागार सल्यान । तस्बिरः विप्लव महर्जन/कान्तिपुर








प्रकाशित : मंसिर ४, २०७९ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्

कास्कीमा मतपेटिका फुटाएको आरोपमा तीन जना पक्राउ

लालप्रसाद शर्मा

पोखरा — कास्कीको निर्वाचन क्षेत्र नम्बर ३ स्थित माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेस्थित तारेबराह आधारभूत विद्यालय ‘ग’ मतदान केन्द्रमा मतपेटिका फुटाउने ३ जना पक्राउ परेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरिएको र दुई जनाको नाम नखुलेको कास्की प्रहरीका डीएसपी सुन्दर तिवारीले बताए ।

निर्वाचनविरोधी अभियान चलाएको धमेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतले मतदान कार्य बिथोल्ने क्रममा उक्त मतदान केन्द्रको प्रतिनिधिसभाअन्तर्गतको मतपेटिका फुटाएका हुन् । मतपेटिका फुटेपछि मतपत्र छरपस्ट भएका थिए । उक्त केन्द्रमा एक सय मत खसेपछि उक्त घटना भएको हो । छरपस्ट मतपत्रलाई सर्वदलीय सहमतिका आधारमा मुचुल्का उठाई प्याक गरिएको र मतदान कार्य सुचारू रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए । ती मतपत्र पनि मान्य हुने गरी राखिएको उनले बताए ।

स्थानीयका अनुसार अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई मतदान केन्द्रको ३/४ सय मिटर नजिकसम्म सवारी साधनमा लैजानुपर्ने भन्दै सर्वदलीय छलफलले निर्णय गरेको थियो । तर, एक जना सुरक्षाकर्मीले उक्त कुरा मान्य नहुने भनेपछि विवाद उत्पन्न भई एजेन्टलगायत सबै जना उक्त विवादतर्फ लागेका बेला परियारले मतपेटिका फुटाएका थिए ।

प्रकाशित : मंसिर ४, २०७९ १२:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×