दुई हप्तापछि खुल्यो नाग्म-गमगढी सडक - कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई हप्तापछि खुल्यो नाग्म-गमगढी सडक 

डीबी बुढा

जुम्ला — अविरल वर्षापछि गएको बाढीपहिरोका कारण बन्द नाग्म–गमगढी सडक २ हप्तापछि खुलेको छ ।  असोज २० गतेदेखि सडक बन्द भएको थियो । नाग्म–गमगढीसम्मको ९३ किलोमिटर सडकखण्डको सयौं स्थानमा पहिरो झरेको थियो । 

पहिरो पन्छाउन सडक डिभिजन कार्यालय जुम्लाले विभिन्न चरणमा गरेर ७ वटा एक्स्काभेटर लगाएको थियो । सडक डिभिजन प्रमुख राजीव श्रेष्ठले शुक्रबार राति १ बजेदेखि सडक खुलेर यातायात सेवा सञ्चालन भएको बताए । उनका अनुसार सयौं सवारीसाधन सडकमा रोकिएका थिए ।

उनले सडक खुले पनि केही स्थानमा हिलोका कारण यात्रा कठिन हुने देखिएको बताए । ‘हिलोले सडकमा समस्या ल्याएको छ,’ उनले भने, ‘लेन्थवर्कर र डोजर लगाएर हिलो पन्छाउने काम भइरहेको छ । ट्रयाक खुलिसकेकोले सवारीसाधन आवागमन व्यवस्थित हुँदै जाने देखिन्छ । कठिन क्षेत्रमा लेन्थवर्कर परिचालन गरेर सहज बनाउने काम हुँदैछ । ’

सिन्जाको विष्टबाडा,कनकासुन्दरीको गोठिजिउला खण्ड,बुलबुलेदेखि जिया हुँदै सात मोड र गमगढीदेखि ताल्चासम्मको क्षेत्रमा ठूलठूला पहरो झरेको थियो ।

अहिले मुगुको ताल्चादेखि झ्यारी लेकसम्मको सडकखण्ड बढी हिलाम्य देखिन्छ । गोठिजिउला,जिअ,कोटा,जुगाड,बुलबुलेलगायतको क्षेत्रमा हिलो पन्छाउने काम भइरहेको छ । मुगुको पिना गाउँनजिकैको क्षेत्रमा पनि सडकमा हिलो थुप्रिएपछि समस्या छ ।

कर्णाली राजमार्गमा गएको पहिरो हटाउनका लागि नेपाली सेनाको २४ नम्बर बाहिनी र नन्दाबक्स गणबाट टोली खटिएको छ । सडकमा झरेका ठूला ढुंगामा ब्लास्टिङ गर्ने कार्य भइरहेको गणपति रवीन थापाले जानकारी दिए ।

प्रकाशित : कार्तिक ५, २०७९ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — सूर्यास्तका बेला भक्तपुर चाँगुनारायण स्थित लिंगेपिङमा रमाउँदै युवाहरू । तस्बिर : दीपेन्द्र रोक्का

आइतबार बिहान उपचारका क्रममा निधन भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर । जोशीको सम्मानमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । तस्बिर : अंगद ढकाल

लगातार परेको वर्षाका कारण सल्यानको शारदा नदीमा आएको बाढीले पुरिएको धान निकाल्दै किसान । तस्बिर : विप्लव महर्जन

काठमाडौं महानगरपालिकाले सडकपेटीमा गीत गाउँदै आर्थिक सहयोग माग्न बसेका दृष्टिविहीन, अशक्त तथा अपांगहरूलाई हटाउन थालेको विरोधमा महानगरपालिका कार्यालयअगाडि बिहीबार बिरोध गर्दै दृष्टिविहीनहरू । तस्बिर : केशव थापा

कपिलवस्तुको तिलौराकोट वन क्षेत्रनजिक खेतमा पासोमा परेको भाले चितुवा उद्धार गरेर वनमा छाड्न लैजाँदै । तस्बिर : मनोज पौडेल

९औं राष्ट्रिय खेलकुदमा ९ स्वर्ण पदक जितेकी आर्मीकी डोना लामा । तस्बिर : हेमन्त श्रेष्ठ

शनिबारदेखि मनसुन बाहिरिएसँगै उपत्यकाको मौसम सफा भएपछि बोसान डाँडाबाट देखिएको सर्वोच्च शिखर सगरमाथालगायतका हिमशृंखलाहरू ।


प्रकाशित : कार्तिक ५, २०७९ १३:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×