१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

जुम्लामा पहिरोले पुरेर सात जनाको मृत्यु, दुई बेपत्ता

एलपी देवकोटा

काठमाडौँ — जुम्लामा पहिरोले पुरेर सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्लाको कनकासुन्दरी गाउँपालिका ५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले पुर्दा ७ जनाको मृत्यु भएको हाे ।

जुम्लामा पहिरोले पुरेर सात जनाको मृत्यु, दुई बेपत्ता

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमूली ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेश शाहीकी २२ वर्षीय श्रीमती पानसरा शाही, रमेश शाहीका ८ वर्षीय छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीय विद्या शाहीको मृत्यु भएको छ ।

मृतकको शव उद्धार गरिएको छ । सो घटनामा स्थानीय सरस्वती हमाल गम्भीर घाइते भएकी छन् । यस्तै रामबहादुर हमाल घाइते भएका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक नरेन्द्र द्वन्द्वसहितको टोली थप उद्धारका लागि गएको छ ।

उपचारका लागि घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

बाढीले आमा-छोरा बेपत्ता

जिल्ला प्रहरी कार्यालयका अनुसार अविरल परिरहेको वर्षाका कारण आएको बाढी र पहिरोले हिमा गाउँपालिकामा आमा-छोरा बगेर बेपत्ता भएका छन् । हिमा गाउँपालिका ३ जोगिवाडामा बाढी आउँदा स्थानीय २५ वर्षीय सत्यदेवी योगी र उनका ३ वर्षीय छोरा विनम योगी बगेर बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन २२, २०७९ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?