३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

छायाँनाथमा फेरियो ५२ हाते लिंगो

कान्तिपुर संवाददाता

मुगु — कर्णालीको प्रसिद्ध छायाँनाथ मन्दिरमा ५२ हाते लिंगो फेरिएको छ । लिंगो फेरिएसँगै यहाँ दसैं सुरू भएको छ ।

छायाँनाथमा फेरियो ५२ हाते लिंगो

सुरक्षाकर्मी र गाउँलेले बाजागाजासहित घटस्थापनाको दिन रारा वन क्षेत्रबाट सल्लोको लिंगो ल्याएर फेरेका हुन् ।

छायाँनाथ रारा नगरपालिका–२ चैत गाउँमा रहेको छायाँनाथ मन्दिरमा घटस्थापना दिन ५२ हाते लिंगो फेर्ने चलन रहेको मन्दिरका पुजारी असुनीकुमार हमालले बताए । मन्दिरमा लिंगो फेरिएसँगै स्थानीयले घरघरमा जमरा राखेर दसैं सुरु हुने उनको भनाई छ । छायाँनाथ मन्दिरमा दसैंभर बिहान–बेलुका पूजाअर्चना गरिन्छ ।

पर्यटकीय प्रवर्द्धनको लागि नगरपालिकाले गत वर्ष पुरानो र जीर्ण बनेको मन्दिर भत्काएर नयाँ मन्दिर निर्माण गरेको छ ।

प्रकाशित : आश्विन ११, २०७९ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?