कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

क्याम्पस प्रमुखमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

डीबी बुढा

जुम्ला — जुम्ला बहुमुखी क्याम्पसका प्रमुख ओमप्रकाश आचार्य कर्मचारीबाटै कुटिएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल राष्ट्रिय प्रध्यापक संगठन केन्द्रीय समितिले आपत्ति जनाएका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै ती संगठनले क्याम्पस प्रमुखलाई कुटपिट गर्नेमाथि कारबाही हुनुपर्ने माग राखेका हुन् ।

‘बिनाकारण व्यक्तिगत रिसिइबी साँध्ने मनसायले क्याम्पसजस्तो गरिमामय उच्च शिक्षा प्रदान गर्ने निकायका जिम्मेवार व्यक्तिमाथि क्याम्पस हाताभित्रै गरिएको आक्रमण अक्षम्य छ‚’ विज्ञप्तिमा भनिएको छ,‘यस्तो आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिमाथि कडाभन्दा कडा कार्बाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिन माग गर्दर्छौं ।’

सेजुवालको कुटाइबाट क्याम्पस प्रमुख आचार्यको सर्ट र भेस्ट च्यातिएको छ भने टाँकहरू फुटेका छन् । सोमबार चिया पिइरहेको ठाउँमा आएर सेजुवालले क्याम्पस प्रमुखको छातीमा मुक्का प्रहार गरेको क्याम्पस प्रमुख आचार्यले बताए । उनले भने, ‘ममाथि हात हाल्नुपर्ने कारण केही थिएन । वादविवाद पनि केही थिएन । अलि अघि कर्मचारीको निर्वाचनको कुरा थियो; त्यो पनि स्थगित भइसकेको छ । गलत नियतले ममाथि आक्रमण भयो ।’

प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले औपचारिक रुपमा जानकारी नआइसकेको बताए । उनले भने, ‘अनौपचारिक रुपमा जानकारी आएको छ । तर औपचारिक रुपमा जानकारी पाएको छैन । मंगलबार क्याम्पस प्रमुखलाई बोलाएर जानकारी लिएपछि मात्रै म आफ्नो धारणा राख्छु । ’

क्याम्पस प्रमुखमाथि हाताभित्रै बिनाकारण हातपात भएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल राष्ट्रिय प्रध्यापक संगठन केन्द्रीय समितिले संयुक्त प्रेस विज्ञप्ति निकालेर घटनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

क्याम्पस प्रमुख कुटेको आरोप लागेका प्रशासन शाखा प्रमुख सेजुवाल भने सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित : आश्विन १०, २०७९ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?