कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

खर्च विवरण नबुझाउने हुम्लाका ५ सय ९८ उम्मेदवारलाई जरिवाना

जनकबहादुर शाही

हुम्ला — वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाएपछि हुम्लाका ५ सय ९८ जना उम्मेदवार जरिवानामा परेका छन्। जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार मतपरिणाम आएको ३० दिनभित्र खर्च विवरण पेस गर्नुपर्ने व्यवस्था भए पनि ५८ जना बाहेक १२ जना गाउँपालिका अध्यक्ष, २० जना उपाध्यक्ष, ५ सय ६८ जना वडाध्यक्ष र सदस्यका उम्मेदवारहरू जरिवानामा परेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले बताए ।

खर्च विवरण नबुझाउने हुम्लाका ५ सय ९८ उम्मेदवारलाई जरिवाना

रानाका अनुसार हालसम्म ८ जना अध्यक्ष र ४ जना उपाध्यक्षसहित ५८ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् ।हुम्लाका ७ वटा गाउँपालिकाका २० जना अध्यक्ष र २२ जान उपाध्यक्ष गरी ४४ जना उम्मेदवारमध्ये ८ जना अध्यक्ष र ४ जना उपाध्यक्ष गरी १२ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् ।

यस्तै नाम्खा गाउँपालिकाका २ जना अध्यक्ष र १ जना उपाध्यक्ष गरी ३ जना, सिमकोटका ३ जना अध्यक्ष र ३ जना उपाध्यक्ष गरी ६ जना, खार्पुनाथका ३ जना उपाध्यक्ष, सर्केगाडका २ जना अध्यक्ष र २ जना उपाध्यक्ष गरी ४ जना, चंखेली गाउँपालिकाका १ जना अध्यक्ष र ३ जना उपाध्यक्ष गरी ४ जना, अदानचुलीका २ जना अध्यक्ष र २ जना उपाध्यक्ष गरी ४ जना र ताँजाकोटका २ जना अध्यक्ष र ४ जना उपाध्यक्ष गरी ६ जनालाई जरिवाना तोकिएको छ ।

यस्तै जिल्लाका १२ जना गाउँपालिका अध्यक्ष, २० जान उपाध्यक्ष गरी जम्मा ३० जना अध्यक्ष र उपाध्यक्षसहित ५ सय ६८ उम्मेदवारले निर्धारित समयमै खर्च विवरण नबुझाएकाले जरिवाना तिर्नेमा परेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई ५० हजार देखि साढे ७ लाखसम्म जरिवाना गर्ने निर्णय गरेको छ । सोही अनुसार हुम्लाका ५ सय ९८ जना उम्मेदवार जरिवानामा परेका हुन् । निर्वाचन आयोगले तोकेको जरिवाना अनुसार हुम्लाका ३० जना अध्यक्ष र उपाध्यक्षका उम्मेदारलाई प्रतिव्यक्ति ३ लाख ५० हजार र वडाअध्यक्ष र सदस्यका ५ सय ६८ जना उम्मेदवारहरूलाई प्रति व्यक्ति १ लाख ५० हजारका दरले जरिवाना गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रानाले बताए ।

जिल्ला निर्वाचन कार्यालय हुम्लाले जरिवाना तिर्नुपर्ने गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिको नाम ७ वटै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला मालपोत कार्यालय र नापी कार्यालयका सूचाना पाटीमा सबैले देख्ने गरी टाँसिएको उनले बताए ।

निर्वाचन आयोग ऐनको दफा २६ मा तोकिएको अवधिमा खर्च विवरण पेस नगर्ने राजनीतिक दल र उम्मेदवारलाई निजले गरेको खर्च वा आयोगले निर्धारण गरेको खर्चको हदमध्ये जुन बढी हुन्छ, सोही बराबरको जरिवाना तिर्नसक्ने प्रावधान गरेको रानाले बताए ।

प्रकाशित : आश्विन ८, २०७९ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?