जाजरकोटमा पेस्तोलसहित १ जना पक्राउ - कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाजरकोटमा पेस्तोलसहित १ जना पक्राउ 

कान्तिपुर संवाददाता

जाजरकोट — जिल्लाको नलगाड नगरपालिका ५ ऐरारी निवासी ईन्द्रबहादुर शाहीलाई प्रहरीले पेस्तोल र विस्फोटक पदार्थसहित पक्राउ गरेको छ । 

वारेकोट र नलगाडका विभिन्न व्यापारीहरुसँग हतियार देखाएर चन्दा असुली गर्ने कार्यमा संलग्न रहेको आरोपमा शाही बुधबार नलगाड नगरपालिका ५ स्थित सिर्के बजारबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट नं २ एमएम ९ राउन्ड, मेड ईन यूएसए लेखेको पेस्तोल एचजीटीफोर लेखिएको तयारी अवस्थामा रहेको प्लास्टिक हेण्ड ग्रिनेट थान १ समेत बरामद भएको छ ।

लामो समयदेखि नेत्रविक्रम चन्द नेतृत्वक नेकपा रहेका शाहीलाई जिल्ला अदालत जाजरकोटबाट सात दिनको म्याद थपी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ६, २०७९ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्

फलामको पाइप खसेर लाग्दा एक जनाको मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — सूर्यविनायक नगरपालिका ८ जगातीस्थित समानान्तर कंक्रिट (रोडा, बालुवा, सिमेन्ट र केमिकल उत्पादन गरी तयार गर्ने) उद्योगमा काम गर्ने क्रममा फलामको पाइप खसेर लागेपछि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया बारबर्दिया नगरपालिका-७ घर भई सोही  उद्योगमा काम गर्ने २४ वर्षीय विवेक चौधरी रहेका छन् ।

फलामको पाइपले लागेर घाइते भएका चौधरीको उपचारको क्रममा नागरिक कम्युनिटी टिचिङ अस्पताल गठ्ठाघरमा मृत्यु भएको प्रहरीले जनाएको छ । फलामको पाइप खसेर लाग्दा अर्का एक जना घाइते भएका छन् ।

घाइते हुनेमा बर्दिया बारबर्दिया नगरपालिका-७ घर भई सोही उद्योगमा काम गर्ने १९ वर्षीय प्रमोद चौधरी सामान्य घाइते भएको र उपचारपछि डिस्चार्ज भइसकेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले बताए ।

अन्दाजी ३ मिटर लामो कंक्रिट पेल्ने फलामको पाइप बिग्रिएपछि मर्मत गर्ने क्रममा सोही पाइप खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ६, २०७९ १७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×