कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जुम्लामा तेस्रो प्रादेशिक व्यापार महोत्सव

डीबी बुढा

जुम्ला — कर्णाली प्रदेशको जुम्लामा तेस्रो प्रादेशिक कृषि पर्यटन सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य संघ जुम्लाले कर्णाली क्षेत्रको पर्यटन प्रवर्द्धन गर्दै स्थानीय उत्पादनको बजारीकरणका लागि सघाउ पुगोस् भन्ने हेतुले महोत्वस आयोजना गरिएको हो । 

जुम्लामा तेस्रो प्रादेशिक व्यापार महोत्सव

महोत्सवमा कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री चन्द्रबहादुर शाहीले कर्णालीमा उत्पादन हुने स्थानीय वस्तुको बजारीकरण, सांस्कृतिक परम्पराको संरक्षण र पर्यटन क्षेत्र प्रर्वद्धन गर्न सके आर्थिक समृद्धि हुने बताए । मौसम प्रतिकूलताका कारण महोत्सवमा सहभागी हुन नसकेका मन्त्री शाहीले टेलिफोनबाट महोत्सवलाई सम्बोधन गरेका थिए ।

उनले महोत्सव कृषि र पर्यटन क्षेत्र संरक्षण, सांस्कृतिक र औद्योगिक क्षेत्र विकासका लागि बलियो आधार हुनेमा जोड दिए । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले भौगोलिकरुपमा पछि परेको कर्णालीको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणको पक्षमा महोत्सवले सन्देश फैलाउने विश्वास व्यक्त गरे । उनले भने,‘महोत्सवमा स्थानीय उत्पादनको विभिन्न परिकारको स्वाद चाख्न पाइनेछ । रैथाने सांस्कृतिक क्रियाकलापको प्रस्फुटनको साथै उद्योगधन्दा र कलकारखानामा कर्णालीवासीको ध्यान केन्द्रित गर्नेछ । ’

महोत्सवमा ४५ स्टल राखिएको छ । स्टलमा कर्णालीमा पाइने सबै प्रकारको खान्की उपलब्ध छ । नेपाली सेनाको नन्दाबक्स गण, जिल्ला स्वास्थ्य कार्यालय जुम्ला, चन्दननाथ नगरपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । कोरोनाको बुस्टर डोज लगाउन नसकेकालाई खोप लगाइने र महोत्सव अवधिभर आउन सक्ने स्वास्थ्य समस्याको उपचारका लागि सहज हुने भएको छ । पहिलो दिनमा स्थानीय कला संस्कृतिको प्रदर्शनी भएको थियो । दोस्रो दिनदेखि राष्ट्रिय कलाकारको प्रस्तुति हुनेछ ।

लोक तथा दोहोरी गायक विष्णु खत्री, गायिका राधिका हमाल र प्रिती आलेले महोत्सवमा प्रस्तुति राख्नेछन् । महोत्सव असोज ५ गतेसम्म चल्नेछ । महोत्सव एक करोडको कारोबार हुने लक्ष्य रहेको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले जानकारी दिए ।

प्रकाशित : भाद्र ३१, २०७९ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?