१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दैलेखको दुल्लुमा चट्याङ लागेर ५ जना घाइते

ज्योति कटुवाल

दैलेख — दैलेखको दुल्लु नगरपालिकामा चट्याङ लागेर पाँच जना घाइते भएका छन् । नगरपालिका-४ पानदेउकामा खेत गोड्ने क्रममा चट्याङ लागेर पाँच जना घाइते भएका हुन् ।

दैलेखको दुल्लुमा चट्याङ लागेर ५ जना घाइते

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा ४० वर्षीया तारा विक, ४३ वर्षीया सिद्ध विक, ४२ वर्षीया सरुपा विक, ४६ वर्षीया ईश्वरा विक र ४२ वर्षीया लक्ष्मी विक रहेका छन्।

उनीहरूको हाल दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ रहेको छ ।

प्रकाशित : भाद्र २८, २०७९ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?