कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दैलेखको चामुण्डा विन्द्रासैनी माविमा भ्रष्टाचार गर्ने ११ जनाविरूद्व मुद्दा

३ करोड ४३ लाख ८८ हजार ८ सय १६ रुपैयाँ विगो दाबी गर्दै प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतका तत्कालीन का. मु. निर्देशक (कार्यालय प्रमुख) भीमकान्त लामिछाने र मोहनबहादुर कार्की, लेखा अधिकृत, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ११ विरुद्ध मुद्दा ।
ज्योति कटुवाल

दैलेख — दैलेखको चामुण्डा माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्‍द्वारा विभिन्न तालिम सञ्चालनका लागि प्राप्त रकम अनियमितता गरेको आरोपमा ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । 

दैलेखको चामुण्डा विन्द्रासैनी माविमा भ्रष्टाचार गर्ने ११ जनाविरूद्व मुद्दा

तालिमका लागि आएको रकम अनियमितता गरेको आरोपमा त्यसमा संलग्न ११ जनाविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।

चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ स्थित उक्त विद्यालयलाई आफैंले सञ्चालन गर्नुपर्ने तालिम इलाइट इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कन्सल्टयान्ट प्रा.लि. काठमाडौंलाई दिएको भन्दै उजुरी दर्ता गरिएको हो ।

तालिम परिषद् प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतका तत्कालीन का. मु. निर्देशक (कार्यालय प्रमुख) भीमकान्त लामिछाने र मोहनबहादुर कार्की, लेखा अधिकृत, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कन्सल्ट्यान्ट प्रा.लि.का सञ्चालक गरी ११ जनामाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी र भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

उनीहरूविरुद्ध ३ करोड ४३ लाख ८८ हजार ८ सय १६ रुपैयाँ विगो दाबी गरी मुद्दा दायर गरिएको हो । तालिम नै नदिइ मिलेमतोमा सामान पनि खरिद नगरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

प्रकाशित : भाद्र २६, २०७९ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?