कैलाश मानसरोवर दर्शन गर्न हुम्ला पुगे सदगुरु - कर्णाली - कान्तिपुर समाचार

कैलाश मानसरोवर दर्शन गर्न हुम्ला पुगे सदगुरु 

ज्योति कटुवाल

हुम्ला — भारतीय सदगुरु जग्गीबासुदेव हुम्ला पुगेका छन् । हुम्लाको लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्न उनी पोखराबाट शुक्ररबार सिमकोट पुगेका हुन् । कैलाशमान सरोवर दर्शन गर्न विभिन्न देशका झन्डै १ हजार नागरिकसमेत हुम्ला पुगिसकेका छन् ।

हुम्लाको सिमकोट विमानस्थलमा सदगुरु जग्गीबासुदेवलाई स्वागत गर्दै स्थानीय बासिन्दाहरु । तस्बिर : ज्योति कटुवाल/कान्तिपुर

पवित्र तीर्थस्थलका रुपमा परिचित कैलाश मानसरोवरमा सदगुरु यो पटकसहित ३ पटक हुम्ला पुगेको पर्यटन व्यवसायी विजय लामाले बताए । सदगुरुको कैलाश भ्रमणसँगै हुम्लामा पर्यटकहरुको घुइँचो लागेको छ । सदगुरुका लागि सुरक्षाको कडा व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी सिता परियारले बताइन् ।


प्रकाशित : भाद्र २४, २०७९ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्

१७ वर्षपछि सच्चियो 'अपमानित' नाम, अब फणिन्द्र बादी

ज्योति कटुवाल

दैलेख — जिल्ला प्रशासन कार्यालय, दैलेखले दुल्लु नगरपालिका-१ का एक व्यक्तिको नागरिकतामा उल्लेखित अपमानित नाम १७ वर्षपछि सच्याइदिएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार प्रशासन कार्यालयले नागरिकतामा अपमानजनक नाम उल्लेख भएकाको आवश्यक प्रक्रिया पुर्‍याएर नागरिकतामा नाम सच्याएको हो ।

फणिन्द्र बादीलाइ सच्याइएको नामसहितको नयाँ नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेल।

यसअघि नागरिकतामा फ्याउरो बादी नाम उल्लेख गरिएका व्यक्तिको नागरिकता परिवर्तन गरी फणिन्द्र बादी उल्लेख गरेर नयाँ नागरिकता प्रदान गरिएको छ ।

२०४० सालमा दुल्लु गाविसबाट सचिवले सिफारिस गरेको पत्रमा गलत नाम लेखेको र सोही सिफारिसका आधारमा जिल्ला प्रशासनले २०४० सालमा फ्याउरो बादी नाम लेखेर नागरिकता दिएको उनको भनाइ छ । 'नाममै अपमान' शीर्षकमा कान्तिपुरले समाचार प्रकाशित गरेपछि गृह मन्त्रालय र संसद्‌को ध्यानाकर्षण भएको थियो । गृह मन्त्रालयले जिल्ला प्रशासनहरुलाई पत्राचार गर्दै अपमानजनक नाम सच्याउन निर्देशनसमेत दिएको थियो ।

बादीलाई आइतबार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नयाँ नागरिकताको प्रमाणपत्र दिएका हुन् । नागरिकता प्रमाणपत्र लिन उनी वडा कार्यालयको सिफारिससहित प्रशासन कार्यालय पुगेका थिए । १७ वर्षपछि नागरिकतामा वास्तविक नाम पाएपछि उत्साहित भएको उनको भनाइ छ ।

उनले भने, ‘नागरिकतामा अपमानजनक नाम हटाउन पाउनु मेरो अहोभाग्य हो । आफ्नै नामबाट नागरिकता पाइएला भन्ने सोचेकै थिइनँ ।’ उनको यसअघिको नागरिकतासँगै अपमानित नाम उल्लेख भएका अन्य प्रमाणपत्रहरूसमेत खारेज गरिने प्रजिअ प्याकुरेलले बताए ।

प्रकाशित : भाद्र १९, २०७९ १४:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×