१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कैलाश मानसरोवर दर्शन गर्न हुम्ला पुगे सदगुरु 

ज्योति कटुवाल

हुम्ला — भारतीय सदगुरु जग्गीबासुदेव हुम्ला पुगेका छन् । हुम्लाको लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्न उनी पोखराबाट शुक्ररबार सिमकोट पुगेका हुन् । कैलाशमान सरोवर दर्शन गर्न विभिन्न देशका झन्डै १ हजार नागरिकसमेत हुम्ला पुगिसकेका छन् ।

कैलाश मानसरोवर दर्शन गर्न हुम्ला पुगे सदगुरु 

पवित्र तीर्थस्थलका रुपमा परिचित कैलाश मानसरोवरमा सदगुरु यो पटकसहित ३ पटक हुम्ला पुगेको पर्यटन व्यवसायी विजय लामाले बताए । सदगुरुको कैलाश भ्रमणसँगै हुम्लामा पर्यटकहरुको घुइँचो लागेको छ । सदगुरुका लागि सुरक्षाको कडा व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी सिता परियारले बताइन् ।

प्रकाशित : भाद्र २४, २०७९ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?