कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिकबाहेक सबै सेवा ठप्प - कर्णाली - कान्तिपुर समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिकबाहेक सबै सेवा ठप्प 

डीबी बुढा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आकस्मिकबाहेक सबै सेवा बन्द गरेका छन् । बन्दका कारण ओपीडीका बिरामी मारमा परेका छन् ।  

भदौ २ गते बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको इमरजेन्सी विभागमा कार्यरत डा. करण साहमाथि प्रतिष्ठान प्रशासनकै चौथो तहमा कार्यरत कर्मचारी धनबहादुर शाहीले हातपात गरेका थिए । डक्टर कुट्ने कर्मचारी शाही प्रहरी नियन्त्रणमै छन् । प्रतिष्ठान प्रशासनको कर्मचारी शाहीले छोराको टाँका नकाटेको भन्दै डक्टर साहलाई कुटेका थिए । तर पछिल्लो समयमा डा. साहले बालकको उपचार नगरेको भन्दै पिडक पक्षले नै बालअधिकारसम्बन्धी कसुरजन्य मुद्दा दर्ता गराएर अदालतले डा. साहलाई पक्राउ पुर्जी जारी गरेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले पुन: आन्दोलनका कार्यक्रम अघि सारेका छन् ।

उनीहरुले अस्पतालभित्र सुरक्षितरुपमा उपचार गर्ने वातावरण नभएको भन्दै सेवा ठप्प गर्नु परेको बताएका छन् । डक्टर कुटिएलगत्तै सीसीटीभी फुटेज सार्वजनिक भएको थियो । सीसीटीभीको दृश्यमा कर्मचारी शाहीले हात र लातले कुटेको देखिन्छ ।

डा. साह कुट्ने कर्मचारीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९’ अनुसार कारबाही गर्न माग गरिएको छ । ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि कुनै पनि प्रकारको दुर्व्यहार गरेमा वा हातपात गरेको खण्डमा तीन वर्षसम्म कैद सजाया वा तीन लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनी प्रावधान छ ।

डा. साहलाई कुटेको फुटेजमा स्पष्टसँग देखिँदादेखिँदै उल्टै कुटाइ खाने डक्टरलाई नै पक्राउ पुर्जी जारी गर्नु बिडम्बना भएको नेपाल चिकित्सक संघ जुम्लाका उपाध्यक्ष डा. कमल थानीले बताए । 'जसले डयुटीमा खटिएको समयमा कुटाइ खान्छ । उसैले जेल जानु पर्ने हो भने ढुक्कसँग काम गर्ने वातावर्ण कसरी बन्छ ?,' उपाध्यक्ष डा. थानीले भने,‘यसले न्याय प्रणालीमाथि नै प्रश्नचिह्न खडा गरेको छ । ’

'इमरजेन्सीमा टाँका काट्ने गरिँदैन । अनर्गल प्रसार गरी बाल अधिकारसम्बन्धी झुटा मुद्दा दायर गरेर घटनालाई अतिरञ्जित गरिनु दोसी उम्काउने प्रपञ्चमात्रै हो,' उपाध्यक्ष थानीले भने,‘यो भयावह अवस्थाले चिकित्सक र स्वास्थ्यकर्मीहरुले सहजपूर्वक काम गर्ने अवस्था छैन । ’ उनले पिडकमाथि कानुनअनुसार कारबाही गरेर पीडितलाई न्याय दिलाइनु पर्ने माग गरे ।

चिकित्सकहरुले विज्ञप्ति निकालेर भयपूर्ण वातावरणमा सेवा दिन असमर्थ रहेको जनाएका छन् । प्रहरीको अनुसन्धान तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गठन गरेको छानबिन समितिलाई सघाउन र दोषीलाई उम्कन नदिन दबाब दिने गरी शान्तिपूर्ण आन्दोलनका कार्यक्रम जारी राखेको अवस्थामा कुटाई खाने डक्टरले नै मुद्दा खेप्नुपर्ने हो भने सेवा दिन नसकिने उपाध्यक्ष डा. थानीले चेतावनी दिए । 'दोषी उम्कन नपाउन् भनेर दैनिक एक घण्टा ओपीडी बन्दको कार्यक्रम जारी राख्नुपरेको छ । तर अब कुटाई खाएका डक्टरले नै मुद्दा खेप्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ’कर्णालीजस्तो विकट क्षेत्रमा काम गर्न आउने चिकित्सक कुटिनु पर्ने र कुनै प्रकारको कानुनी उपचार नपाई उल्टै मुद्दा खेप्नुपर्ने हो भने यस्तो ठाउँमा कसरी सेवा दिन सकिएला ?’

डक्टर कुट्ने पक्षले विद्यार्थी र महिला सडकमा उतारेको छ । डक्टर बालकको उपचार गर्न नमानेको भन्दै बाल अधिकारसम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाएर कारबाही गर्नु पर्ने माग उनीहरुको छ ।

प्रकाशित : भाद्र २२, २०७९ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्

तेस्रो 'टीबीसी जब फेयर' सम्पन्न

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले आयोजना गरेको ‘टीबीसी जब फेयर’ सम्पन्न भएको छ । कलेजले फ्रक्स जबको सहकार्यमा थापाथलीस्थित आफ्नै भवनमा सेप्टेम्बर २ मा तेस्रो जब फेयरको आयोजना गरेको हो । 

जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा विभिन्न क्षेत्रमा काम गर्दै आएका २५ बहुराष्ट्रिय तथा नेपाली कम्पनीको उपस्थिति रहेको थियो । कम्पनीका प्रतिनिधिहरुले टीबीसीमा हाल अध्ययनरत् विद्यार्थी तथा पूर्व विद्यार्थीलाई क्षमताको आधारमा कामको अवसर दिएका छन् । उक्त अवसर प्रदान गर्ने कम्पनीहरुमा लिपफ्रग, दराज, चौधरी ग्रुप, आईएमएस, बियोण्ड आइडी, नेपाल पेमेन्ट सोलुसन (डीजीहब), सुबिसु केबलनेट, जिनिएस डिजाइन्स, एक्ट ३६०, यती एयरलाइन्स, ईसेवा, गेन्स, रिगो टेक्नोलोजी, युनिलिभर, क्लासिक टेक, द आइडिया जार, युएन, लुप नेटवर्क, सुलभ पे, मजेस्टिक मार्केटिङ र द ब्रिटिस कलेज छन् ।

कार्यक्रमको उद्घाटनलाई सम्बोधन गर्दै द ब्रिटिस कलेजका एसोसिएट डिन अरुण जोशीले स्वागत गरेका थिए । त्यस्तै कार्यक्रमबारे फ्रक्स जबका सीईओ बिमल कँडेलले परिचयात्मक जानकारी दिएका थिए । कलेजले दिएको जानकारी अनुसार उक्त फेयरमा कुल २३३ अन्तर्वार्ता भएको थियो । अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्‌सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातकोत्तर तहको एमएस्‌सी आईटी, ईएमबीए, एमबीए तथा एमआईबीएम तहका विद्यार्थीको पनि जब फेयरमा सहभागिता थियो ।

प्रकाशित : भाद्र २२, २०७९ १७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×