नलगाडमा ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

जुनी माध्यमिक विद्यालय सिर्केका एक विद्यार्थीको मृत्यु ।
हरिहरसिंह राठौर

जाजरकोट — जाजरकोटको नलगाड नगरपालिका ५ सिर्केजिउलामा ज्वरोका बिरामी बढेपछि जनजीवन प्रभावित बनेको छ । स्थानीय जुनी माध्यमिक विद्यालय सिर्केका एक विद्यार्थीको मृत्यु भएपछि विद्यालय नै बन्द गरिएको छ ।

नलगाडमा ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

कक्षा ७ मा अध्ययनरत मेनुका खड्काको मृत्यु भएपछि विद्यालयको पठनपाठन बन्द गरिएको हो । विद्यार्थीहरूसँगै शिक्षकहरू पनि बिरामी हुने क्रम बढेको छ ।

ज्वरोको प्रकोप बढेपछि लविसाको गणेश प्राथमिक विद्यालय पनि बन्द गरिएको छ । गाउँमा बिरामीको संख्या बढेपछि पठनपाठनमा समस्या भएको स्थानीय शिक्षक हरिश बुढाथोकीले बताए ।

उनका अनुसार पछिल्लो केही दिनयता गाउँमा ज्वरोको प्रकोप बढेको छ । ज्वरोले गाउँ नै प्रभावित हुँदा स्वास्थ्यकर्मीहरू भने अहिलेसम्म गाउँमा पुगेका छैनन् ।

एक हप्ताको अवधिमा ज्वरो र रुघाखोकीले गाउँका अधिकांशलाई सताएको बताइएको छ । नलगाड नगरपालिकाका प्रमुख प्रशाासकीय अधिकृत मानबहादुर गिरीका अनुसार नगरपालिकाभर सबै गाउँमा भाइरल ज्वरोको प्रकोप बढेकोले दल्लीस्थित अस्पताल भरिएको र सबैभन्दा बढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरू खटाइएको छ।

प्रकाशित : भाद्र २१, २०७९ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?