कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुर्खेतमा मृगौला प्रत्यारोपण सुरु हुँदै

चाँदनी कठायत

वीरेन्द्रनगर — अब सुर्खेतमै मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । कर्णालीको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको हो । स्वास्थ्य सेवा विभागबाट अनुमति पाएलगत्तै सेवा सुरु गर्ने अस्पतालले जनाएको छ ।

सुर्खेतमा मृगौला प्रत्यारोपण सुरु हुँदै

यस सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच गत चैत ११ गते सम्झौता भएको थियो । प्रदेश अस्पतालले ०७४ देखि डाइलाइसिस सेवा दिँदै आएको छ ।

मृगौला प्रत्यारोपण सेवाका लागि भौतिक संरचना र उपकरणको व्यवस्थापन गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए । उनले अब कर्णालीवासीलाई मृगौला प्रत्यारोपणका लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताए । उनले सेवा सञ्चालनका लागि स्वास्थ्य सेवा विभागको स्वीकृति कुरेको उल्लेख गरे ।

प्रदेश अस्पतालले ६ जना चिकित्सकलाई तालिम दिएर सेवा सञ्चालनका लागि तयारी अवस्थामा राखेको जनाएको छ । ‘शिक्षण अस्पताल महाराजगञ्जबाट डाक्टर ल्याउने भनेका थियौं,’ डा. खड्काले भने, ‘डाक्टर नआएपछि प्रदेश अस्पतालमै कार्यरत चिकित्सकहरूलाई केन्द्रका चिकित्सकको सहयोगमा तालिम दिएर तयारी अवस्थामा राखेका छौं ।’

प्रकाशित : भाद्र १९, २०७९ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?